यस्तो काम गर्छन् बलिउडका चर्चित कलाकारका पिता

  •  
  •  
  •  
  •  
  •  

बलिउडमा यस्ता स्टारहरु छन्, जसको पिता रंगीन दुनिया र मिडियाबाट टाढै रहेर पनि आफ्नो छोराछोरीको करिअरलाई साथ दिईरहे । उनीहरु आफ्नै पेशामा व्यस्त रहे । आज हामी बलिउडका केही कलाकारको बारेमा जानकारी गराउँदै छौँ जसका पिताहरु मिडियाभन्दा बाहिर मात्र आफ्नो पेशामा मात्र क्रियाशिल भए ।

१. माधुरी दीक्षित

पिता : शंकर दीक्षित
माधुरी दीक्षितको जन्म १९६७ मे १५ मा मुम्बईमा भएको थियो । उनका पिता पेशाले इञ्जिनियर हुन् । उनको एक फ्याक्ट्री पनि थियो । उनको निधन २०१३ मे ३१ मा निधन भएको थियो ।
१. ज्याकलिन फर्नान्डिज
पिता : एलराय फर्नान्डिज
बहराइनको मनामामा ११ अगष्ट १९८५ मा जन्मिएका ज्याकलिन फर्नान्डेजका पिता श्रीलंकाली मुलका हुन् । उनका आमा मलेशियन थिईन् । उनका पिता म्यूजिशियन थिए । उनी १९८० बहराइन गएका थिए ।
३. अजय देवगण


पिता : वीरु देवगण
२ अप्रिल १९६९ मा जन्मिएका अजय देवगणका पिता एक स्टन्ट तथा एक्सन कोरियोग्राफर थिए । उनले ८० भन्दा बढि फिल्ममा फाईट र एक्सनको कोरियोग्राफी गरेका छन् ।

४. अनुष्का शर्मा


पिता : अजयकुमार शर्मा
१ मे १९८८ जन्मिएकी अनुष्का शर्माका पिता एक आर्मी अफिसर हुन् । अनुष्काले “रब ने बना दी जोडी” फिल्मबाट बलिउडमा डेव्यु गरेकी हुन् ।
५. दीपिका पादुकोण


पिता : प्रकाश पादुकोण
५ जनवरी १९८६ मा जन्मिएकी दीपिकाका पिता प्रख्यात ब्याडमिन्टन प्लेयर हुन् । उनलाई भारत सरकारले १९७२ मा अर्जुन अवार्ड तथा १९८२ मा पद्मश्री पुरस्कारले सम्मान गरेको थियो ।

६. कंगना रनावत
पिता :अमरदीप
२३ मार्च १९८६ मा हिमाञ्चल प्रदेशमा जन्मिएकी कंगनाका पिता एक व्यवसायी हुन् । कंगनाले २००६ बाट ग्यांगस्टार चलचित्रबाट बलिउडमा प्रवेश गरेकी हुन् ।

७. जोन अब्राहम
पिता : अब्राहम जोन
१७ डिसेम्वर १९७२ मा केरलामा जन्मिएका जोन अब्राहमका पिता एक आर्किटेक्ट हुन् । जोनका पिता मलेयाली र आमा पारसी हुन् । जोनले २००३ बाछ जिस्म चलचित्रबाट बलिउडमा प्रवेश गरेका हुन् ।

८. हुमा कुरैशी
पिता : सलीम कुरैसी
२८ जुलाई १९८६ मा दिल्लीमा जन्मिएकी हुमा कुरैशीका पिता एक रेस्टुरेन्टका मालिक हुन् । हुमाको डेव्यु मूभी ग्यांग्स अफ वासेपुर हो ।
रणदीप हुँडा
पिता : डा. रणबीर
२० अगष्ट १९७६ मा जन्मिएका रणदीपका पिता एक सर्जन हुन् । रणदीपको पहिलो फिल्म वेडिङ्ग हो ।

१०. रणवीर सिंह
पिता : जगजीत सिंह
६ जुलाई १९८५ मा मुम्बईमा जन्मिएका रणवीर सिंहका पिता रियल स्टेट व्यापारी हुन् । उनले २०१० मा ब्याण्ड बाजा बारात फिल्मबाट बलिउडमा छिरेका हुन् ।

११. विद्या बालन
पिता : पीआर बालन
१ जनवरी १९७९ मा जन्मिएकी विद्या बालनकी पिता एक डिजीकेबलको एजुकेटिभ भाईस प्रेसिडेन्ट हुन् । विद्याले २००५ मा परिणीता फिल्मबाट बलिउडमा प्रवेश गरेकी हुन् ।

१२. राधिका आप्टे
पिता : चारुदत्त आप्टे
७ सेप्टेम्बर १९८५ मा पुणेमा जन्मिएकी राधिका आप्टेकी पिता न्यूरो सर्जन हुन् । उनी पुणेको चर्चित सह्याद्री हस्पिटलको चियरम्यान हुन् ।

१३. यामी गौतम
पिता : मुकेश गौतम
२९ नोभेम्वर १९८८ मा बिलासपुर हिमाञ्चलमा जन्मिएकी यामी गौतमका पिता पञ्जावी फिल्मका डाईरेक्टर हुन् । उनी पीटीसी पञ्वाबको भाईस प्रेसिडेन्ट हुन् ।

१४. कल्की कोचलिन
पिता : जोएल कोचलिन
१० जनवरी १९८४ मा पाण्डीचेरीमा जन्मिएकी कल्कीका पिता फ्रान्सका हुन् । उनी फ्रान्स छाडेर इन्डिया आएका थिए । उनी एक प्रख्यात फोटो ग्राफर हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *