फराह खानले खोलिन् पोल, “दीपिका सुटिङ्गमै रोएकी थिइन्”

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, सन् २००८ मा दिपिका पादुकोण बलिउड अभिनेता शाहरुख खानसंग ओम शान्ति ओमबाट बलिउडमा डेव्यु गरेकी दीपिका पादुकोण आज एक स्टार बनिसकेकी छिन् ।

उनै स्टार अभिनेत्री दीपिका पादुकोणको बारेमा ओम शान्ति ओमका निर्देशक फराह खानले पोल खोलिदिएकी छिन् । एक अन्तर्वार्तामा फराहले भनेकी छिन् कि पहिलो पटक शाहरुखसंग रोमान्टिक सिनमा काम गर्दा दीपिका डरले कामेकी थिईन् ।

दीपिकामा मोर्डन हेमा मालिनी देख्ने फराह भन्छिन् “दीपिकाको भाषा बदल्न निकै गाह्रो थियो । उनी कन्नड भाषा बोल्थिन् । उनले हिन्दी बोल्न नजान्दा ओम शान्ति ओममा दीपिकाको आवाजमा अर्कैको आवाज डबिङ गर्नु परेको थियो ।”

अहिले भने दीपिकाले राम्रै संग हिन्दी भाषा बोल्ने गरेको र निकै खुशी लाग्ने गरेको फराह बताउँछिन् ।एकपटक ओम शान्ति ओमको सुटिङ्गमै फराहको गालीले दीपिका रोएकी छिन् जसको कारण चार घण्टा लगाएर गरेको मेकअप पुनः गर्नुपरेको थियो ।खासमा दीपिका हिमेश रेशमियासँग डेब्यू गर्ने तरखरमा थिईन् तर सोही समय फराहले दीपिकालाई आफ्नो फिल्मको लागि काम गर्न भनेकी थिईन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *