राष्ट्रपति भण्डारीलाई गुजरातमा स्वागत

  •  
  •  
  •  
  •  
  •  

भरत केसी, राजकोट (भारत), ६ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको राजकोट पुगेकी छिन् ।

राजकोट विमानस्थलमा उहाँलाई गुजरात राज्यका गृहमन्त्री प्रदीप जाडेजाले स्वागत गरे । स्थानीय झाँकी र वेशभूषासहित स्थानीयवासीले पनि उनलाई स्वागत गरेका थिए ।

नयाँदिल्लीका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी राष्ट्रपति भण्डारी आज गुजरातको चौथो ठूलो सहर राजकोट आएका हुन् । अहिले राष्ट्रपति भण्डारीले यहाँस्थित सोमनाथ मन्दिरको अवलोकन गरेकी छिन् । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *