पानी र धूलो छिर्न नसक्ने ग्यालेक्सी ‘एस एट’ र ‘एस एट प्लस’ नेपालमा लञ्च (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
    303
    Shares

काठमाडौं, ६ वैशाख । धुलोबाट आजित भएका नेपाली ग्राहकलाई अब सामसुङले सहजता दिएको छ । धुलो र पानी नर्छिने सामसुङले ग्यालेक्सी ‘एस एट र एस एट प्लस’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी सामसुङ मोबाइलको आधिकारीक बिक्रेता आइएमसले उक्त दुई स्मार्टफोन सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार नेपाली बजारमा ‘एस एट’ को मूल्य ८८ हजार ९ सय र प्लसको ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

बुधबार (वैशाख ६) गते लञ्च गरिएका ती स्मार्टफोन दुई हप्तापछि अर्थात वैशाख २२ गतेदेखि मात्रै ग्राहकहरुले किन्न पाउने छन् । यद्यपी सो स्मार्टफोनको प्रि बुकिङ भने खुल्ला गरिएको छ । यसका लागि www.s8prebooking.com वेबसाइटमा गएर बुकिङ गर्न सकिनेछ।

सो स्मार्टफोन खरिद गर्दा ग्राहकले एनसेलको सिम कार्डसँगै आठमहिनाको लागि प्रत्येक महिना ८ जिबी डाटा पनि पाउने सुविधा उपलब्ध गराइएको इमआईले जानकारी दिएको छ। त्यस्तै उक्त दुई स्मार्टफोको ६ महिनासम्मको लागि बिमाको पनि व्यवस्था गरिएको छ ।

‘एस एट’ मा ५.८ तथा ‘एस एट प्लस’ मा ६.२ इञ्चको ‘इन्फिनिटी डिस्प्ले’ रहेको र २९६० क्रस १४४० पिक्सल रिजोलुसन रहेको दुवै फोनमा ४ जिबी ¥याम रहेको छ।

गोरिल्ला ग्लासको प्रयोग गरिएका ती मोबाइलमा २५६ जिबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गरी क्षमता बढाउन सकिन्छ। एन्ड्रोइड ७ नोगाट भर्सनको अपरेटिङ सिस्टमको दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा छ भने फ्रन्ट क्यामेरा ८ मेगापिक्सल रहेको छ। ‘एस एट’ मा ३ हजार एमएएच तथा ‘एस एट प्लस’ को ३५ सय एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ ।

भिडियो : दिनेश बोहरा /मिडिया एनपी

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *