पारसको टिम चौराहा क्वालिफायरमा : च्यालेन्जर्ससँगको भेट पक्का

  •  
  •  
  •  
  •  
  •  

धनगडी, ६ वैशाख । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा पारस खड्काको टिम चौराहा क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा रुपन्देही च्यालेन्जर्ससँगको भेट पक्का गरेको हो ।

अब फाइनल प्रवेशका लागि टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्ससँग खेल्नेछ । काठमाडौंले प्रस्तुत गरेको १२३ रनको लक्ष्य टिम चौराहाले १० बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो ।

यसअघिको ओभरमा काठमाडौंका सोमपाल कामी निकै महंगो सावित भएका थिए । उनको बलमा आरिफले दुई छक्का र एक चौका हानेका थिए र टिम चौराहाले १७ रन जोडेको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको बसन्त रेग्मीको टिम काठमाडौं गोल्डेन्सले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएको थियो । बुधबार नै भएको पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्स शरद भेषावकरको बिराटनगर किङ्ग्ससँग पराजित भएको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *