रविनाको “मातृ” लाई सेन्सरले लगायो प्रतिवन्ध

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, वलिउड अभिनेत्री रविना टण्डनको नयाँ फिल्म “मातृ”लाई सेन्सर वोर्डले प्रतिवन्ध लगाएको छ । फिल्ममा अधिकांश दृश्य हिंस्रक रहेको तथा संवादमा गाली गलौच समावेश भएको भन्दै सेन्सर वोर्डले रोकेको हो ।

इजाजतको अनुमति लिँदा बुझाएको स्क्रीन प्ले र निर्माण भएर आएको दृश्य पूर्णरुपमा फरक पाइएकोे कारण सेन्सर बोर्डले आपत्ती जनाउँदै रोक लगाएको जनाइएको छ । सेन्सरको समयमा वोर्डको भावना विपरित फिल्म भेटेपछि सदस्यहरु बीचमै फिल्म हेर्न छाडेर हिँडेका थिए ।

रविनाले वोर्ड पुरानै ढर्रामा पुरानै नियम कानुनमा चलेको भन्दै पछिल्लो निर्णयप्रति आपत्ति जनाएकी छिन् । अद्यपि दृश्य काँटछाँट पश्चात फिल्मले “एडल्ट” सर्टिफिकेट पाउन सक्ने वलिउड अनलाईनले लेखेका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *