अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

  •  
  •  
  •  
  •  
  •  

हौस्टन, ६ वैशाख । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना भएका छन् । ९२ वर्षीय पर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उनको एक जना प्रवक्ताले जानकारी दिएका छन् ।

उनी गत शुक्रबार अस्पतालमा भर्ना भएका बताइएको छ । उनकाे स्वास्थ्य अवस्था सुधारका लागि थप आराम गर्न चिकित्सकले सुझाव दिएको परिवारका सदस्यहरुले बताएका छन् ।

उनका प्रवक्ताले पूर्वराष्ट्रपति बुसको स्वास्थ्य अवस्थामा सुधार आइसकेको पनि जानकारी दिए । यसअघि गत जनवरीमा पनि स्वासप्रस्वासमा समस्या भएपछि उनलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो ।  सन् १९२४ मा जन्मेका उनी  सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपति बनेका थिए । रासस/सिन्ह्वा

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *