टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई १७३ रनको लक्ष्य दियो

  •  
  •  
  •  
  •  
  •  

धनगडी, ७ वैशाख । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा पारस खड्काको टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

खेलमा टिम चौराहाले २० ओभरको खेल समाप्तिमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको हो । यो स्कोर टिम चौराहाको प्रतियोगितामा सबैभन्दा उच्च स्कोर हो भने प्रतियोगिताकै दोस्रो उच्च स्कोर हो ।

खेलमा टिम चौराहाका कप्तान पारस खड्काले नटआउट ६७ रन बनाए उनले अन्तिम ओभरका २ छक्का प्रहार गरेका थिए । उनको डिपिएलमा यो पहिलो अर्धशतक हो ।

टस जितेर टिम चौराहा धनगढी आफैले ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो । बुधबार टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा रुपन्देही च्यालेन्जर्ससँगको भेट पक्का गरेको थियोे ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *