देउवा र प्रचण्ड दुवैका लागि विमलेन्द्र निधि किन बन्दैछन् ‘खतरा’

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख । स्थानीय तहको निर्वाचनलाई लिएर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि यतिखेर निकै चर्चामा छन् । विभिन्न समयमा उनले दिने गरेका अभिव्यक्ति विवादमा पर्दै आएका छन् ।

यतिखेर निधि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका लागि ‘खतरा’ बनेका छन् । केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर, प्रचण्डले आफूभन्दा अगाडि कमल थापालाई वरीयतामा राखेपछि निधिले मन्त्रिपरिषद् नै बहिष्कार गर्दै आएका छन् ।

गृहमन्त्रीले मन्त्रिपरिषद् बैठक निरन्तर बहिष्कार गर्नु सानो कुरा होइन, तर न प्रधानमन्त्रीले निधिलाई कारबाही गर्न सकेका छन्, न त कांग्रेस सभापति देउवाले नै उनलाई सचेत गराउन सकेका छन् । निधिलाई पदबाट बर्खास्त गर्दा स्थानीय तहको निर्वाचन भाँडिन सक्ने र निर्वाचन भाँडिए आफ्नो प्रधानमन्त्री बन्ने समय लम्बिन सक्ने देखिएकाले देउवाले पनि उनलाई केही गर्न सकेका छैनन् । निधिलाई भारतको संस्थापनको बलियो साथ रहेको प्रचण्डले बुझेका छन् । ‘त्यसैले पनि उनी तत्काल कुनै कठोर कारबाही गर्ने मनस्थितिमा छैनन्,’ स्रोतले भन्यो ।

स्थानीय तहको निर्वाचनका लागि गृहमन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ । उनी केन्द्रीय सुरक्षा समन्वय समितिका अध्यक्ष पनि हुन् । तर, प्रधानमन्त्रीसँग समन्वय नगरी निधिले कसरी स्थानीय तहको निर्वाचन पार लगाउलान् भन्ने चिन्ता देखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले सरकारलाई अल्पमतमा पर्न नदिन कमल थापालाई उपप्रधान एवं स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । थापालाई महत्व दिँदा आफ्नो प्रधानमन्त्री बन्ने दिन नजिकिने आंकलनमा देउवा थिए । तर, अहिले उनी मुखमा चुनाव चुनाव भन्ने, तर भित्रभित्रै सडक आन्दोलनको तयारीमा लागेको सत्तारुढ दलका नेताहरू बताउँछन् ।

‘जतिसक्दो चाँडो चुनाव सम्पन्न भयो त्यति नै धेरै काँग्रेसलाई फाइदा छ,’ कांग्रेसका एक नेताले भने, ‘चुनाव जति ढिला हुन्छ, त्यति नै घाटा कांग्रेसलाई हुन्छ, त्यसैले अहिले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन जसरी हुन्छ, गराएर जानुको विकल्प छैन ।’

देउवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न भए आफू यही गठबन्धनबाट अबको प्रधानमन्त्री बन्ने सजिलो बाटो देखेका छन् । यो भन्दा सजिलो बाटो अर्को छैन । चुनावमा नजाँदा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपा अध्यक्ष थापाको नयाँ गठबन्धन बन्ने निश्चित छ । त्यस्तै, देउवाले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउनुपर्ने भनिरहे पनि उनी यतिवेला मधेसवादी दल चुनावमा तठस्थ बसेको हेर्न चाहन्छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *