मन्दिरमा आशिर्वाद संगै ऋण पनि !

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, हामी सबैलाई थाहा छ मन्दिरमा हामी प्रार्थना गर्न जान्छौँ । मनले चाहेको कुरा आशिर्वादको रुपमा प्राप्त होस् भनेर हामी मन्दीर जाने गर्छौँ । तर दुनियामा यस्ता पनि मन्दिर पाइँदोरहेछ । जहाँ आशिर्वाद मात्र होइन ऋण समेत पाईन्छ ।

सुन्दै अनौठो लाग्ने ऋण पाईने मन्दिर हाम्रै छिमेकी भारतमा छ । भारतको देवभूमि हिमाञ्चलमा धेरै मन्दिरहरु छन् । ति मन्दिरहरुमा आशिर्वाद मात्र होइन ऋण समेत पाईन्छ । यो मन्दिर शिमला, सिरमौर, किन्नौर लाहैल स्पीतिमा छ ।

यी मन्दिरहरुमा मानिसले चाहेमा ऋण पाईन्छ । यो सदियौँ पुरानो परम्परा हो । यहाँ एक वर्षको लागि ऋण पाईन्छ । त्यो ऋणको २ देखि ३ प्रतिशत सम्म बार्षिक व्याज तिर्नुपर्छ ।

यदि कसैले विभिन्न कारणले ऋण र्नि नसकेमा केही समय माफ पनि मिल्छ । मन्दिरका प्रवन्धकले ऋणको निवेदन लिने वा नलिने निर्णय गर्दैनन् । उनले ऋण लिएर तिरे नतिरेको समेत रेकर्ड राख्दैनन् । यो मन्दिरमा सबैको यस्तो आस्था छ की भगवानलाई कसैले धोका दिँदैन र दिनुहुँदैन ।मन्दिरले नगद मात्र ऋण दिँदैन, अन्न पनि लिने तथा दिने गर्छ । भक्तले नगद ऋण भए नगद र अन्न ऋण भए अन्न तिर्नुपर्छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *