रुपन्देहीलाई हराउँदै पारसको टिम चौराहा फाइनलमा

  •  
  •  
  •  
  •  
  •  

धनगडी, ७ वैशाख । रुपन्देही च्यालेन्र्जलाई ९२ रनले हराउँदै पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबारको क्वालिफायर खेलमा टिम चौराहाले दिएको १७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.२ ओभरमा सबै विकेट गुमाएर मात्र ८० रन मात्र बनाउन सक्यो ।

रुपन्देहीका ब्याट्सम्यानहरुले कुनै ठूलो साझेदारी गर्न सकेनन् । पहिलो विकेटका लागि हरिशंकर शाह र शंकर रानाले बनाएको १४ रनको साझेदारी नै ठूलो बन्नपुग्यो । रुपन्देहीका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४–१४ रन बनाए भने पुष्प थापाले १३ रन जोडे ।

बिहीबारको खेलमा म्यान अफ द म्याच घोषित भएका कप्तान पारस खडकाले नटआउट ६७ रन बनाए । उनले अन्तिम ओभरका २ छक्का प्रहार गरेका थिए । उनको डिपिएलमा यो पहिलो अर्धशतक हो ।

यो स्कोर टिम चौराहाको प्रतियोगितामा सबैभन्दा उच्च स्कोर हो भने प्रतियोगिताकै दोस्रो उच्च स्कोर हो । डीपीएलको ठूलो स्कोर भने काठमाडौं गोल्डेन्सले बिराटनगर किङ्ग्सविरुद्ध १७३ रन बनाएको थियो ।

रोचक के थियो भने समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक तालिकाको चौथो स्थानमा रहँदै अघिल्लो चरण पुगेको थियो । अब उसले उपाधिका लागि शनिबार शरद भेषावकरको बिराटनगर किङ्ग्ससँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *