देउवाको नृत्यप्रति ओलीको यस्तो व्यंग्य (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले ३१ वैशाखमै एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।

थाइल्याण्डमा स्वास्थ्य उपचार गरेर बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकाहरुसँग कुरा अध्यक्ष ओलीले ३१ वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै निर्वाचनमा सहभागी हुन सबै दललाई पनि आग्रह गरे ।

मधेशवादी दलहरुको एकतालाई राम्रो भनेका अध्यक्ष ओलीले आफ्ना असन्तुष्टि तथा एजेण्डा निर्वाचन लैजानु पर्ने बताए । दलीय हैसियत मापन गर्ने निर्वाचनमा सहभागी हुन्नौं भन्नु उचित नभएको भन्दै ओलीले फेरि पनि दलहरुलाई ३१ वैशाखको निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

हालै अध्यक्ष ओलीको गृहजिल्ला झापामा भएको चुनावी कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको नृत्यप्रति व्यंग्य गर्दै उनले भने, ‘कांग्रेसको नृत्य पनि राम्रो छ । यो पनि एउटा उल्लेख्य घटना हो ।’

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *