खास के छ शाहरख खान र सचिन तेन्दुलकरको कनेक्सन ?

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । सचिन तेन्दुलकरको जीवनीमा आधारित चलचित्र सचिन : अ बिलियन ड्रिम्सको ट्रेलर सार्वजनिक भएको छ । यस ट्रेलरले सबैको ध्यान खिचेको छ । शाहरुख खानले पनि यो ट्रेलरलाई मन पराएका छन् ।

उनले आउन लागेको यस फिल्मको लागि सफलताको सुभकामना दिँदै आफ्नो र सचिनबीच राम्रो सम्वन्ध भएको पनि शेयर गरेका छन् । क्रिकेट र बलिउडबीच हमेशा कनेक्सन रहेको बताउँदै आईपिएलको सबै भन्दा राम्रो उदाहरण भएको उल्लेख गरेका छन् ।

पहिले शाहरुख र सचिनको सम्वन्धको बारेमा कतै नसुनिएको भएपनि शाहरुखले ट्वीट गर्दै भनेका छन् की जब सचिन राम्रोसँग खेल्थ्यो शाहरुखको काम पनि राम्रो हुन्थ्यो जब सचिन हाथ्र्यो उनी पनि असफल हुन्थे ।

उनको ट्वीटको सचिनले पनि जवाफ दिएका छन् । उनले ट्वीटमा लेखेका छन् “जिन्दगीमा हार हुँदैन थियो त जीत कहिले हुँदैन र केही सिकिँदैन । करोेडौँ मानिसकोबीच तपाईंको शब्दले मन छोएको छ ।” उनीहरुले एक अर्कालाई गरेको तारिफ निकै मननयोग्य छ । यो चलचित्रमा सचिनको साथमा वीरेन्द्र सहवागलाई पनि देखाईएको छ । यो चलचित्र २६ मे २०१७ मा रिलिज हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *