चार दिनमा नदी नै चोरियो रे, पत्याउनुहुन्छ ?

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । चोरले गहनापात, धनमाल चोर्नु सामान्य हो । तर, चोरले नदी नै चार दिनमा चोरिदिएको भन्ने खबर सुन्दा तपार्इंलाई अनौठो लाग्नु स्वभाविकै हो ।

क्यानडामा बहने १५० मीटर चौडा स्लिम्स् नदी ४ दिनमा एकाएक गायब भएपछि चोरिएको हल्ला बाहिर आएको हो । एकाएक नदी नै आफ्नो बहाव क्षेत्रबाट गायब भएपछि सोधकर्ताहरुले नदीलाई चोरेर लगेको संज्ञा दिए ।

सदियौँ देखि बहिरहेको देखेका मानिसलाई ४ दिनमै खण्डहर बगर मात्र देख्दा चोरिएको भान हुनु स्वभाविकै थियो । ४/४ दिनसम्म त्यति ठूलो नदीमा एक थोपा पनि पानी नआएपछि चोरी भएको हुनसक्ने आशंका गरिएको थियो ।

तर खासमा भएको के रहेछ भने जलवायू परिवर्तनको कारण आएको मौसम परिवर्तनले ग्लासियर तीव्र गतिमा पग्लिएर नदीमा पानीको बहाव बढ्यो । जसको कारण नदी आफैले आफ्नो पुरानो बाटो त्यागेर नया दिशा तर्फ बढ्यो ।

खबर अनुसार हाल यो नदी अलास्काको खाडी तर्फ बहिरहेको छ । बैज्ञानिकका अनुसार यस्तो एकदमै दुर्लभ हुन्छ । जलवायू परिवर्तनको कारण ग्लासियर पग्लने क्रम तीव्र हुँदा अलास्का नदीमा पानीको मात्रा दिन प्रतिदिन बढिरहेको बैज्ञानिकहरुले बताएका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *