राजपामा अनिलकुमार झा पनि प्रवेश

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख । पाँच मधेसवादी दलबीच एकता गर्दै नयाँ घोषणा गरिएको राष्ट्रिय जनता पार्टी (राजपा)मा अनिल कुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि एकतामा गाँसिएको छ ।

काठमाडौंमा बिहीबार आयोजित नयाँ पार्टी घोषणा कार्यक्रममा भइरहेका बेला झा पनि सहभागी भएर एकता गर्दै नयाँ पार्टी राजपामा मिलेको हो ।

यसअघि तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता गर्दै नयाँ राजपाको घोषणा गरिएको हो ।

कार्यक्रममा एकतापछिको पार्टीको चुनाव चिन्ह, झण्डा समेत सार्वजनिक गरिएको छ । एकीकृत नयाँ पार्टीको झण्डामा तीन रङ रातो, सेतो र हरियो मिसिएको छ ।

रातो क्रान्ति, सेतो शान्ति र हरियोले समृद्धिको संकेत गर्ने नेताहरुले बताएका छन्। पार्टी सञ्चानका लागि अध्यक्षमण्डल बनाउने र सबै पार्टीका अध्यक्षहरू अध्यक्ष मण्डलको नेता रहनेछन्। महन्त ठाकुरले अध्यक्ष मण्डलको नेतृत्व गर्नेछन ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *