घरमूली मर्दा महिलाको औँला काट्नुपर्ने कस्तो अनौठो चलन

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । संसारमा केही यस्ता जातिहरु छन्, जसको रीतिरिवाज र परम्परा सुन्दा पनि मुटु काम्छ । कतिपय परम्पराले हामीलाई आकर्षित गराउँछ भने कतिपय परम्पराले अति नै घृणा समेत जगाउँछ ।

इस्लाम समुदायको बच्चालाई सानोमा लिंगको टुप्पो काटिदिने परम्परा एकदमै दर्दनाक र भयानक छ । त्यो भन्दा भयानक परम्परा इन्डोनेशियाको पपुवा न्यूगिनी द्वीपमा बसोबास गर्ने दानी जातिमा छ ।

यस जाति आम मानिसभन्दा टाढा रहेको छ । शान्ति प्रिय यो जातिको एक परम्परा भने अति भयानक छ । यस समुदायमा परिवारको मुखिया वा घरमूलीको निधनपछि शोक मनाउन परिवारको महिलाको हातको थोरै औँला काटिन्छ ।

यो अमानवीय परम्परा मान्नुको पछाडि मर्ने आत्मालाई शान्ति मिल्छ भन्ने विश्वास राख्छन् । औँला काट्नु अगाडि धागोले बाँध्ने गरिन्छ । यसो गर्दा रक्त प्रवाह रोकिन्छ र औँला काटिन्छ ।

यो परम्परामा केवल महिलाले मात्र पीडा सहनुपर्छ । हालसालै सरकारले यो परम्परा बन्द गर्न आदेश दिएको छ । यो आदेश पछि ती महिलाहरुले हातको पुरै औँला राख्न पाउनेछन् । तर अझै पनि केही परिवारले भने यो परम्परा मान्दै आएका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *