राष्ट्रपति चुनाव हुनु चार दिनअघि पेरिसमा आतंककारी हमला, एक प्रहरीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ८ वैशाख । फ्रान्सको राजधानी पेरिसमा आतंककारीले गोली चलाउँदा एक प्रहरीको मृत्यु भएको छ । हमलामा परी अन्य दुई प्रहरी घाइते भएका छन् । आइतबार फ्रान्समा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । निर्वाचनअघि भएको यो घटनापछि मुलुकभर आतंकवाद विरोधी अभियान तीव्र पारिएको जनाइएको छ ।

हमलामा आतंकवादीको संलग्नता रहेको राष्ट्रपति फ्राँस्वाँ होलन्डले दावी गरेका छन् । प्रहरी कारवाहीमा गोली प्रहार गर्ने व्यक्ति पनि मारिएको बताइएको छ । पेरिसको शान्जे लीजे भन्ने स्थानमा भएको घटनाको जिम्मा इस्लामिक अतिवादी समूह आईएसले लिएको छ । घटनालगत्तै सहरभरि सुरक्षा व्यवस्था कडा बनाइएको छ । कारबाट उत्रेका आक्रमणकारीले एकाएक प्रहरीको बसमाथि गोली प्रहार गरेर भाग्दा प्रहरी कारबाहीमा मारिएको प्रहरीले जनाएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *