वैशाख ३१ गते हुने चुनावको छिनाफानो आजको बालुवाटार बैठकबाटै, २ नम्बर प्रदेश ‘नयाँ कास्मिर’ बनाउने षड्यन्त्र

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सरकार र मधेस केन्द्रित दलबीच आज वार्ता हुँदैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ८ बजेका लागि बोलाइएको वार्तामा संविधान संशोधन र स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

मधेसी मोर्चाका नेताले आफूहरूको माग परिमार्जनसहितको संविधान संशोधन रहेको भन्दै सोही विषयमा अडान लिने बताएका छन् । सरकारले वार्ता सहमतिमा पु¥याउन लचकताका साथ पेस हुने बताएको छ । मोर्चासँग सहमति भए तराई मधेसका जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने सत्तासाझेदार दलको तयारी छ ।

मधेसी मोर्चामा रहेका सातमध्ये ६ वटा दलबीच बिहीबार एकता भएपछि सत्तारुढ दल र आन्दोलन घोषणा गरेका मधेस केन्द्रित दलबीच आज पहिलो पटक वार्ता हुन लागेको हो । एकीकरण भएपछि राष्ट्रिय जनता पार्टी बनेको छ । मधेस केन्द्रित दलले माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आज हुने सरकार र मधेस केन्द्रित दलको बैठकबाटै वैशाख ३१ गते हुने निर्वाचनबारे टुंगो लाग्नेछ । यदि आज सरकार र मधेस केन्द्रित दलबीच सहमति भएन भने मुलुकको राजनीति फेरि अनिश्चित दिशातिर जाने आशंका गर्न थालिएको छ । बिहीबार ६ मधेस केन्द्रित दलबीच भएको एकता कार्यक्रममा ती दलका नेताहरूले वैशाख ३१ गते निर्वाचन हुने ठाउँ नेपाल र नहुने ठाउँ के हुने भन्ने धम्की दिएकाले पनि उनीहरूको उद्देश्य के हो ? भन्ने छर्लंग छ ।

सोही कारण दुई–चार दिन मिति सारेर भए पनि एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै नेपाली कांग्रेसका नेताहरूले धारणा राख्दै आएका छन् । यदि मधेस केन्द्रित दलले २ नम्बर प्रदेशमा वैशाख ३१ गते निर्वाचन हुन दिएनन् भने सो प्रदेश ‘नयाँ कास्मिर’ बन्ने प्रबल सम्भावना छ । मधेस केन्द्रित दल, सीके राउतलगायत समूहको अभियानमा यसले सघाउ पु¥याउने विश्लेषण गर्न थालिएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *