संघीय समाजवादी र नयाँ शक्ति पार्टीबीच एकता हुँदै, ‘पार्टी एकता संयोजन समिति’ मा बाबुराम, उपेन्द्र र अशोक राई (विज्ञप्तिसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकता हुने भएको छ । दुई पार्टी एकीकरणका लागि शुक्रबार सहमति भएको छ ।छिट्टै एकता घोषणा गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिमा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई सदस्य रहेका छन् ।

६ मधेस केन्द्रित दलबीच बिहीबार एकता भएको भोलिपल्टै बाबुरामको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादीबीच एकीकरण प्रक्रिया सुरु भएको हो । लामो समयदेखि दुई पार्टी एकीकरणका लागि प्रयास र छलफल चल्दै आएको थियो ।

‘नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुवै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा र्पुयाउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ ।

यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पु¥याउने सहमति भएको छ,’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।दुवै पार्टीले संघीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन अनुरोध पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *