चोरी कथामा बन्दैछ चलचित्र ‘शेरबहादुर’, निर्देशक हुन् एयर इन्डियाका क्याप्टेन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । नेपाली चलचित्रमा नयाँ निर्देशकको आगमन हुने भएको छ । लामो समयदेखि कला क्षेत्रमा लागेका क्याप्टेन राजु राजवंशीले चलचित्र ‘शेरबहादुर’ बनाउने भएका छन् । नारी, अग्निकुण्ड जस्ता टेलिचलचित्र बनाइसकेका राजवंशी एयर इन्डियाका क्याप्टेन हुन् ।

चोरी कथामा उनले निर्देशन गर्न लागेको ‘शेरबहादुर’ मा मुख्य भूमिका सुनिल थापा ‘राते काइँला’ ले गर्ने भएका छन् । चलचित्र कमेडी जनरामा बन्ने भएको छ । ‘शेरबहादुर’ मा कर्म, रवीन्द्र झा, मेनुका प्रधानलगायतको मुख्य भूमिका रहेको क्रियटिभ डाइरेक्टर प्रदीप भट्टराईले जानकारी दिए । चलचित्रको निर्माण गौरीशंकर धुजू र धिराज प्रोडक्सनले गर्ने भएको छ । ‘शेरबहादुर’ को छायाँकन धुजूले नै गर्ने भएका छन् ।

आगामी असारदेखि ‘शेरबहादुर’ छायाँकनमा जाने भएको छ । चलचित्रमा फाइनल भइसकेका कलाकारमध्ये रवीन्द्र झा ‘जात्रा’ चलचित्रबाट चर्चामा आएका कलाकार हुन् । मेनुका प्रधान हेमन्त रानाले गाएको ‘सुन साइँली…’ बोलको गीतमा मोडलिङ गरेर चर्चामा छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *