बरुणमा बाढी आउँदा अरुणमा ३ किमी लामो बाँध, ८० परिवार जोखिममा

  •  
  •  
  •  
  •  
  •  

संखुवासभा, ८ वैशाख । बरुण नदीमा बाढी आउँदा अरुण नदी थुनिएर ३ किलोमिटर लामो बाँध बनेको छ । संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई थुनेको प्रहरीले जनाएको छ ।

अरुणमा बाँध बन्दा त्यस क्षेत्रका ८० भन्दा बढि परिवार जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जोखिममा परेकाहरुको उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा २२ र हटियागोलाबाट १३ जनाको प्रहरी टोली घटनास्थल पुगेको छ ।

सो बाँधको कारण अरुण नदी किनारका दर्जनौँ बस्ती समेत जोखिममा पर्न सक्ने जनाइएको छ । त्यसकारण अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजग भएर बस्न स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।

अहिले जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटनास्थलमा नेपाली सेना पनि खटाइएको छ । बाँध बनेको स्थल सदरमुकाम खादबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *