थुनिएको अरुण नदीबाट मानवीय क्षती हुन नदिन गृहमन्त्रीको निर्देशन, मन्त्रीसहितको टोली घटनास्थल जाँदै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संखुवासभामा थुनिएको अरुण नदीको पानी सावधानीपूर्वक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिएका छन् ।

बिहीबार अपरान्ह ४ बजेतिर बरुण नदीमा पहिरो आएपछि संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको छ । बरुण नदी आएर अरुण नदीमा आएर मिसिन्छ ।

नदीको करिब ३ किलोमिटरसम्म जमेको पानीका कारण बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ भने बजारको सिंगो बस्ती जोखिममा परेको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको बिपद् व्यबस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भबिद्, जला तथा मौसम बिज्ञान बिभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राबिधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप बिभागका प्रतिनिधि लगायत छन् ।

पहिरोका कारण चीनसँगको नाका किमाथांका जाने बाटो समेत बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरको यो गाउँमा सुरक्षाकर्मीको टोली शुक्रबार बिहान पुगिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *