जापान सबैभन्दा बढि वयोवृद्ध पाल्ने देश, अनुत्पादक उमेर बढ्दा समस्या

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । बालबालिका र ६० वर्ष माथिका वृद्धवृद्धाहरु उत्पादनशील काममा लाग्न सक्दैनन् । जसले गर्दा देशको आर्थिक अवस्थामा निकै असर पार्छ । यसको मार सबै भन्दा बढि जापानलाई परिरहेको एक तथ्यांकले देखाएको छ ।

वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो समय जापानमा वयोवृद्धको संख्या दिनप्रतिदिन बढदैछ । जापाज बढि वयोवृद्ध पाल्ने विश्वको पहिलो राष्ट्र हो ।

त्यसो त जापान वयोवृद्धको संख्या बढेर मात्र हैन महिला पुरुषको विवाह नभएर पनि समस्यामा परिरहेको छ । सन् २०१६ को तथ्यांकलाई हेर्ने हो भने जापानमा ७० प्रतिशत पुरुष र ६० प्रतिशत महिला अविवाहित छन् । तिनीहरु अहिलेसम्म कुनै रिलेशनशीपमा समेत छैनन् । जस कारण बालबच्चा जन्मेको छैन, तर उमेर ढल्दै वृद्धवृद्धा थपिने क्रम दिनप्रतिदिन बढिरहेको छ ।

जापानपछि इटाली दोस्रो बढि वयोवृद्ध हुने राष्ट्र हो । त्यसैगरी जर्मनी, फिनल्याण्ड, स्विडेन, क्रमश तेस्रो, चौँथो र पाँचौंमा छ । तथ्यांक अनुसार बुल्गेरिया छैठौँ, ग्रीस सातौँ, पोर्चुगल आठौँ, क्रोएसिया नवौँ र च्यानल आइसल्याण्ड दसौँ स्थानमा रहेका छन् । दिन प्रतिदिन अनुत्पादक उमेर समूह बढ्दा ती देशको आर्थिक अवस्थामा गिरावट आउँदै गएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *