मुम्बई इण्डियन्स आइपिएलको शीर्ष स्थानमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ८ वैशाख ।  इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सबैभन्दा प्रभावशाली ब्याटिङ गरेको मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार राती भएको खेलमा मुम्बईले २७ बल खेल्न बाँकी छँदै पञ्जावले दिएको १ सय ९९ रनको लक्ष्य भेट्टायो । मुम्बईका पार्थिव पटेलले ३७ रन, जस बटलरले ७७ रन र नितिश रानाले अविजित ६२ रन बनाए ।

टस हारेर पहिले व्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट जाँदा १ सय ९८ रन बनाएको थियो । पञ्जावका लागि ओपनर आएका हसिम अमलाले ६० बलमा अविजित १ सय ४ रन बनाएका थिए । यस्तै सौन मार्सले २६ रन, ऋद्धिमन शाहले ११ रन साथै ग्लेन म्याक्सवेलले ४० रन बनाए ।

यो जितसँगै कुल ६ खेल खेलेको मुम्बई इन्डियन्सको १० अंक रहेको छ । दोस्रोमा रहेको कोलकत्ताको ५ खेलमा ८ अंक रहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *