धनकुटा कांग्रेसले उम्मेदवार छनोट अन्तिम चरणमा पुर्‍यायो

  •  
  •  
  •  
  •  
  •  

धनकुटा, ८ वैशाख । स्थानीय तह निर्वाचनका लागि धनकुटा जिल्लाकै सातवटै तहको पार्टीको तर्फबाट उम्मेदवार छनोटको अन्तिम तयारी भइरहेको नेपाली कांग्रेस धनकुटाले आज जनाएको छ ।

स्थानीय तहको उम्मेदवारी सिफारिस तथा निर्णय गर्नका लागि धनकुटा नगरपालिका र खाल्ला छिन्ताङ्ग शहिद भूमी गाउपालिकाका लागि वडा तथा नगर र गाउपालिकाको सिफारिसको आधारमा क्षेत्रिय समितिले बैसाख ९ गते सम्म जिल्ला कार्य समितिमा सिफारिस गरिसक्नु पर्ने र क्षेत्र नं. १ ले चौविसे र सागुरी गढी गाउपालिका तथा क्षेत्र नं. २ ले छथर गाउपलिका, पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिकाको उम्मेदवारीहरुको निर्णय गरी बैसाख ११ गते भित्र जिल्ला कार्य समिति धनकुटामा पठाई सक्नु पर्ने निर्देशन दिने निर्णण हिजोको कार्य सम्पादन समिति तथा निर्वाचन परिचालन समितिका संयोजकहरुको बैठकले गरेको पार्टी सचिव विजय सन्तोषी राईले बताए ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकमा सांसद मनोहरनाराण श्रेष्ठ, अञ्जना ताम्ली, पूर्वसांसद लिला सुब्बा, नेपाली कांग्रेसका नेता आनन्दसन्तोषी राई, उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, कार्यसम्पादन समितिका सदस्यहरु निर्मल ओझा, लेखनाथ पौडेललगायतले स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले गाउँ तथा सहरभरि अभियान सञ्चालन गरिरहेको बताए ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटा नगरपालिका निर्वाचन परिचालन समितिका क्रमस संयोजकहरु सिता श्रेष्ठ, पाख्रिवास नगरपालिका संयोजक ज्ञानु गुरुङ्ग, महालक्ष्मी नगरपालिका संयोजक खेम पौडेल,छथर जोरपार्टी संयोजक विष्णु पौडेल, साँघुरीगढी संयोजक मोहन वान्तवा, खाल्ला छिन्ताङ्ग शहिदभूमि गाउँपालिका संयोजक भुपेन्द्र भण्डारी, क्षेत्र नं. १ सभापति जितेन्द्र राई र क्षेत्र नं. २ का सभापति इन्दिरा थापालगायतले उम्मेदवारी सिफारिसको विषयमा जानकारी दिँदै तोकिएको समयभित्र सिफारिस गरिसक्ने बताए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *