धनुषामा निर्वाचन कार्य बिथोल्ने मधेसी मोर्चाका १३ जना नेता पक्राउ

  •  
  •  
  •  
  •  
  •  

धनुषा, ८ वैशाख । निर्वाचनसम्बन्धी कार्यमा अवरोध गरेको भन्दै प्रहरीले धनुषाका मधेसी मोर्चाका सबै जिल्ला अध्यक्षहरूसहित १३ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार विहान करिब ११ बजे जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचनसम्बन्धी शिक्षा दिइरहेको अवस्थामा अवरोध गर्न गएका मोर्चाका जिल्ला अध्यक्षहरूलाई पक्राउ गरिएको हो । जनकपुरको मुझेलियास्थित ग्रामीण शिक्षण तालिम केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष चन्द्रेश्वर महतो, तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साह, सद्भावनाका जिल्ला अध्यक्ष सञ्जय सिंह, फोरम गणतान्त्रिक प्रमोद यादव, रामसपाका जिल्ला अध्यक्ष देवकृष्ण मण्डल र नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सतिशलाल दासलगायत १३ जनालाई पक्राउ गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *