यी हुन् विश्वका सुन्दर १० शहरहरु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, तपाई आफ्नो बिदा मनाउन कुनै ठाउँ घुम्ने योजनामा हुनुहुन्छ भने पक्कै पनि सुन्दर ठाउँको खोजी गरिरहनुभएको होला । किनकी हामी जब घुम्ने योजना बनाउँछौँ, तब सुन्दर ठाउँको खोजी गर्न थाल्छौँ । हामीले घुमेको ठाउँ सधैँ सम्झनामा आईरहोस् भन्ने तपाई हामी जो कोहीको चाहना हुन्छ ।। त्यसैले आज हामी दुनियाका १० सुन्दर ठाउँहरुको बारेमा जानकारी गराउन गईरहेका छौँ । ति ठाउँको बारेमा जानकारी लिएर घुम्न जानुभयो भने पक्कै पनि तपाईको विदा रमाईलो हुनेछ ।

१०. लण्डन, बेलायत
बेलायतको राजधानी लण्डन संसारको पर्यटक रमाउने ठाउँ बनेको छ । यहाँ हरेक वर्ष करिव १.७ करोड पर्यटकहरु घुम्न जाने गरेका छन् । यसको मुख्य कारण भनेको शहरको सुन्दरता र प्रशिद्ध दार्शनिक स्थल हुनु हो । लण्डनमा रहेको ब्रिटिश म्यूजियममा करिव सत्तरी लाख विभिन्न वस्तुहरु देख्न सकिन्छ । यसका अलावा ब्रिटिश लाइब्रेरी, भिक्टोयिा र अल्बर्ट संग्रहालय, बकिङघम प्यालेस लगायत मुख्य आकर्षणका केन्द्रविन्दु हुन् । लण्डन टावर, टावर ब्रिज, ट्राफलगर स्क्वायर, कोनबेट गार्डेन, द ग्लोब थियटर, चाल्र्स डिकेन्स म्यूजियम आदि पनि लण्डनमा पर्यटक डाक्ने माध्यमहरु हुन् ।

९ . क्योटो, जापान
जापान आजको आधुनिक देश हो । अद्यपि जापानमा अझै पनि पुरातात्विक चिजहरु आज पनि देख्न पाईन्छ । ठूला र सुन्दर शहर मध्येपनि क्योटो एक सांस्कृतिक परम्परा रहेको शहर हो । यहाँ पुरानो महल, मन्दिर अत्यधिक छ । यहाको प्राकृतिक सुन्दररताको कारण पनि पर्यटक ओइरिने गर्छन् । त्यसैले यो विश्वको उत्कृष्ट नवौँ शहरमा क्योटो पर्छ ।

८. ब्रुज, बेल्जियम
बेल्जियमको ब्रुज शहर विश्वको आठौँ सुन्दर शहर हो । यहाँको पुरानो गिर्जाघर, साना साना नहरमा रहेका शहर हेर्दा नै अति सुन्दर छ । जसको कारण पर्यटक दैनिक लाखौँको संख्यामा बु्रज घुम्न जाने गर्छन् । यो विश्वको सातौँ सुन्दर शहर हो ।

७. प्राग, चेक रिपब्लिक
प्रागमा दैनिक लाखौँ पर्यटकहरु जाने गर्छन् । यहा रहेको करिव हजार वर्ष पुरानो एक गढी पर्यटकको मुख्य आकर्षणको केन्द्रविन्दु हो । त्यसैगरी प्राग शहर विचमा रहेको ६ सय वर्ष पुरानो घडी पनि अर्को आकर्षणको केन्द्र हो । प्रागका ऐतिहासिक मिनारहरु अझै पनि उस्तै सुरक्षित रुपमा सजावट गरेर राखिएको छ । यो सातौँ सुन्दर शहर हो ।

६. रोम, इटाली
३ हजार वर्ष पुरानो इटालीको रोम अति सुन्दर छ । यहाँको म्यूजियम सडकको पुरानो इतिहास सबै देख्दा तपाईको मन खुशी हुनेछ । टाइबर नदी किनारको ७ पहाडमा रोमका लाखौँ मानिसहरु घुम्न जान्छन् । यो विश्वको छैटौँ सुन्दर शहर हो ।

५. पेरिस, फ्रान्स
पेरिस सुन्दर शहर मध्येको एक हो । यहाँको आइफल टावर अझै चर्चित छ । यहाँको लामो सडक, शानदार भवनले जसको पनि मन बहकिन्छ । यो विश्वको पाँचौँ सुन्दर शहर हो ।

४. सिड्नी, अष्ट्रेलियम
समुद्र किनारामा अवस्थीत सिड्नी अष्ट्रेलियाको दोस्रो ठूलो शहर हो । यो शिक्षाको प्रमुख केन्द्र पनि हो । यहाँको मिश्रित सभ्यता हेर्न पर्यटकको घुईचो लाग्ने गर्छ । यो चौँथो सुन्दर शहर हो ।

३. बुडापेष्ट, हंगेरी
डोनाउ नदीको किनारमा अवस्थीत बुडापेष्ट डोनाउका रानी पनि भनिन्छ । यो पहिले नदीको दुई किनारमा बुडा र पेष्ट शहर थियो । यो शहरको एक शाही महल १९ शताब्दीको नमुना हो । यो विश्वको तेस्रो सुन्दर शहर हो ।

२. भियना, अष्ट्रिया
अष्ट्रियाको भियना युरोपको राजाको गढ मानिन्थ्यो । यहाँ सबै देशका राजा आराम गर्थे । यो शहर अति नै शुन्दर छ । यो विश्वको दोस्रो सुन्दर शहर हो ।

१. फ्लोरेन्स, इटाली
विश्वको सबै भन्दा सुन्दर शहर इटालीको फ्लोरेन्स हो । माइकल एन्जेलो र लियोनार्दो दा भिन्चीको कलाकारिताले भरपुर इटालीको फ्लोरेन्स घुम्न विश्वका सबै भन्दा बढि पर्यटक घुम्न जान्छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *