वेलायती संसद्‍मा नेपालको विषय प्रवेश : संशोधन नगरी निर्वाचन गर्नु हुन्न

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । वेलायती संसद्मा नेपालमा हुन लागेको आसन्न स्थानीय तहको निर्वाचन यथास्थितिमा गर्न नहुने प्रस्ताव दर्ता गरिएको छ ।

लेबर पार्टीकी एन क्लाउडीले संविधान संशोधन गरेर मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव बिहीबार संसद्मा दर्ता गराएकी हुन् । मधेशको समस्या देखाएर यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै सांसद् क्लाउडीले संविधान संशोधनबाट राजनीतिक निकास दिएर निर्वाचनमा जान नेपाल सरकारले आग्रह गरेकी छिन् ।

गएको फागुन २३ गते सप्तरी घटनामा पाँचजना मारिएका र थुप्रै घाइते हुनुले पनि यथास्थितिमा तराई मधेसमा निर्वाचन हुन नसक्ने भन्दै उनले संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने आसय व्यक्त गरेकी छिन् । उनले सप्तरी घटनामा भएको मानवीय क्षती राज्य पक्षको अत्यधिक बल प्रयोगबाट भएको प्रस्तावमा उल्लेख गरेकी छिन् ।

संविधान संशोधन नगरी तराई मधेशका अल्पसंख्यकहरु सीमान्तकृत भइरहने प्रस्तावमा उल्लेख गर्दै उनले तराई क्षेत्रमा राज्य पक्षबाट अत्यधिक बल प्रयोग हुँदा मानव अधिकार हनन भएको जिकीर गरेकी छिन् ।

साथै सांसद् क्लाउडीले नेपालको सुरक्षा अंगलाई अनुदान र सहयोग दिनुअघि अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुकुल भए नभएकोबारे ध्यान दिन वेलायती सरकारलाई पनि आग्रह गरिन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *