विवाह गरेको ८ वर्ष पछि महिला बने यी युवक, साथमा छन् दुई छोरी

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । मानिसले अनेक अनेक हर्कत गर्न पनि पछि पर्दैनन् । यस्तै हर्कत गरेका छन् वेलायतका जेम्स कोहेन भन्ने व्यक्तिले । उनले विवाह गरेको ८ वर्षपछि महिला बनेका छन् ।

उनका दुई बच्चा समेत छन् । विवाह भएको आठ वर्ष पछि एकदिन महिलाको रुपमा रहन चाहेको बताएपछि उनकी पत्नी आइरियनले पनि आफ्नै पतिलाई महिलाको रुपमा स्वीकार गरिन् ।

उनका दुई बच्चालाई पनि बाबु एक्कासी महिलाको रुपमा देख्दा पनि आपत्ति छैन । परिवारमा एकदमै खुशी पनि आएको उनकी पत्नी आइरियन बताउँछिन् । “उनलाई मैले एक गर्लफ्रेण्डको रुपमा पाएको छु, उनले मलाई अति नै माया गर्छिन् ।” आइरियनले भनिन् ।

उनले कपाल पाल्न थालेका छन् । उनले महिलाले जस्तै श्रृंगार गर्ने, महिलाको जस्तै कपडा लगाउने गर्छन् । उनले आफ्नो नाम पनि परिवर्तन गरी कारा राखेका छन् । ३५ वर्षिय यी इन्जिनियरले लिंग परिवर्तनको लागि हर्मोन थेरापी पनि थालेका छन् । यिनले २००९ मा विवाह गरेका थिए । उनका ७ र ६ वर्षका दुई बच्ची छन् ।

जेम्सले ४ महिना पहिलामात्र आफु ट्रान्सजेण्डर भएको पत्नीलाई बताएका थिए । सुरुमा पत्नी आइरियनलाई झट्का लागेपनि पछि पतिको इच्छा स्विकारिन् । र महिला बन्न अनुमति दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *