नायिका श्वेता खड्काले माझी बस्ती निर्माण गर्ने, दाताहरुलाई गरिन् सम्मान (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको माझी  बस्ती निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरेकी छिन् । काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि नायिका श्वेताले उक्त बस्ती निर्माणमा सहयोग गर्ने ६ जना दातालाई सम्मान गरेकी हुन् ।

अमेरिकाबाट तीनलाख रुपैयाँ सहयोग गर्ने श्री पराजुली, एकलाख रुपैयाँ सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, ५० हजार सहयोग गर्ने काठमाडौंको सामाखुसीकी शान्ता बस्नेत, जापानमा रहेर ५० हजार सहयोग गर्ने आरोही सुवेदी, हाल कोरियामा रहेका काठमाडौं अनामनगरका २५ हजार एक सय सहयोग गर्ने ब्रजेश श्रेष्ठ र श्वेताश्री फाउण्डेशनको कार्यालयका लागि एक थान कम्प्युटर सहयोग गर्ने आइटी केयर सोलुसनलाई श्वेताले सम्मान गरेकी हुन् ।

स्व.पति श्रीकृष्ण श्रेष्ठको पुख्र्यौली घर पहरी बस्तीमा आउँदो दुई साताभित्र उक्त बस्तीको शिलान्यास हुने जानकारी दिँदै श्वेताले प्राप्त सहयोग रकम पारदर्शी होस् भनेर सहयोगीलाई सम्मान गरेको बताइन् ।

माझी  बस्तीमा रहेका ६३ घर धुरी सहित बालबगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माणको लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको छ । सरकारले अनुदान दिने तीनलाख र बाँकी बस्ती बनाउन लाग्ने रकम सहयोगीबाट जुटाउने श्वेताले जानकारी दिइँन् । सो बस्ती निर्माणमा सहयोग गर्न सबैमा उनले आग्रह पनि गरिन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *