मधेशवादी सबै दलहरु पनि निर्वाचनमा सहभागी हुने– निर्वाचन आयोग

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचन तराई मधेश क्षेत्रमा हुनेमा आशंका गरिएका बेला निर्वाचन आयोगले भो सो क्षेत्रमा निर्वाचन विरोधी गतिविधि नभएको जानकारी दिएको छ ।

काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालयमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै आयुक्त इला शर्माले तराई मधेश क्षेत्रमा निर्वाचन विरोधी गतिविधि नभएको जानकारी दिएकी हुन् ।

उक्त क्षेत्रमा चुनावी कार्यमा अवरोध सृजना गर्ने कार्य समेत नभएको बताएकी उनले ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मधेशवादी सबै दलहरु सहभागी हुने विश्वास व्यक्त गरिन् ।

निर्वाचनको तयारीबारे आयुक्त इला शर्माले अहिले निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने कार्यलाई तिव्रता दिएको र मतदाता परिचय पत्र छपाई सकिएको बताइन् । मतदाता परिचय पत्र वैशाख २७, २८ र २९ गते सम्बन्धित मतदान केन्द्रमार्फत् वितरण गर्ने उनको भनाइ छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *