राप्रपाले गठन गर्‍यो थापाको अध्यक्षतामा कार्यसम्पादन समिति

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । राप्रापले पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसम्पादन समिति बनाएको छ ।

शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले थापाको अध्यक्षता गठन गरेको कार्यसम्पादन समितिमा वरिष्ठ नेताद्वय लोकेन्द्रबहादुर चन्द र पशुपति शम्शेर जबराका साथै दिपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल लगायत छन् ।

यस्तै विक्रम पाण्डे, रामचन्द्र राय, ध्रवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा.धवलशम्शेर राणा, सुनिल बहादुर थापा, जयन्त चन्द, नवराज सुवेदी, बालाराम घर्तीमगर र हरिबहादुर बस्नेत पनि सदस्य छन् ।

बैठकले पार्टीको घोषणापत्रलाई परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ । राप्रपाका अनुसार घोषणा पत्र भने वैशाख ११ गते सार्वजनिक गरिनेछ ।

सोही बैठकले सरकार र प्रमुख दलहरुलाई मधेस केन्द्रित दललाई समेत निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गर्न आह्वान समेत गरेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *