असार ३ गते रिलिज हुने ‘मन्दिरा’को छायाँकन जारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । आउँदो असार ३ गते रिलिज गर्ने तयारी गरिएको चलचित्र ‘मन्दिरा’को छायाँकन भइरहेको छ ।एउटा घरमा घटेको प्रतिनिधि घटनालाई आधार बनाएर निर्माण गरिएको सो चलचित्रलाई निर्देशक दीपेश सापकोटाले निर्देशन गरेका छन् ।

भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा जेवी डीसी, नरेन खड्का, प्रवण भुषाल, लक्ष्मी बस्नेत, विना पोख्रेल, विनिता वली लगायतका कलाकारको मुख्य भूमिका छ ।

हरि भट्टले लगानी गरेको मन्दिरामा उज्ज्वल ढकालको सम्पादन, देव राइको संगीत, सुसन प्रजापतिको छायांकन छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *