कति छ ट्रम्पको सम्पत्ति ? विलासी महलै महलका मालिक

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न कारणले चर्चामा आइरहन्छन् । चाहे आफ्नो राजनीतिक फैसला होस् या उनको विलासी जीवन जिउने कला । त्यसो त ट्रम्प राजनीतिमा आउनु अगाडि एक धनाढ्य व्यापारी नै थिए ।

उनी कैयौँ कम्पनीका मालिक हुन् । उनको चर्चा हरेक क्षेत्रमा उत्तिकै छ । आउनुहोस् ट्रम्पको विलासी जीवन बिताउने सम्पत्ति कति छ जानकारी दिँदै छौँ ।

१. लस भेगास

ट्रम्पको लस भेगासमा एक विलासी रिसोर्ट बनाएका छन् । यो अति अग्लो र विलासी छ । ट्रम्पको यो विलासी रिसोर्टको सामुन्ने ट्रम्प इन्टरनेशनल होटल एण्ड टावर बनेको छ । यो ट्रम्प कम्प्लेक्सको लस भेगासको तेस्रो सबैभन्दा अग्लो महल हो ।

२. शिकागो

शिकागोमा पनि ट्रम्पको एक विशाल महल छ । तर यो ट्रम्प होटल एण्ड टावरको कारण त्यहाँका बासिन्दा भने हैरान भएका छन् । यहाँका मेयरले पनि यो महल बनाउन अरुचि देखाउँदै स्वीकृति दिएका थिए । यस महलको १६ औँ तलामा ट्रम्पको नाम ठूलो–ठूलो अक्षरमा लेखिएको छ ।

३. एटलान्टिक सिटी

न्यू जर्सीको एटलान्टिक सिटीमा एक ताज महल छ । यो भारतको ताजमहल होइन डोनाल्ड ट्रम्पको हो । यसलाई ट्रम्पले १९९० मा बनाएका थिए । यहाँ एक क्यासिनोका साथै होटल पनि छ जुन करिव १ अरब डलरमा बनेको हो । तर २०१४ मा यो होटल घाटामा गएपछि यसलाई ट्रम्पले बेचेका थिए । आश्चर्य त यो छ की यो महलको नया मालिकले ट्रम्पको नाम हालसम्म हटाएका छैनन् ।

४. न्यूयोर्कको ट्रम्प टावर

न्यूयोर्कको म्यानहटनमा रहेको एक चर्चित भव्य महल पनि डोनाल्ड ट्रम्पको हो । यसमा ट्रम्पको परिवार बस्छ । यसमा ट्रम्पको मुख्यालय पनि छ । यहाँ फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र हलिउड नेता ब्रुस लि जस्ता व्यक्तिहरुको पनि बस्ने ठाउँ छ ।

५. न्यूयोर्कको विवादित महल

न्यूयोर्कमा रहेको ट्रम्प टावरको कारण त्यहाँका मानिसहरु भने हैरान भएका छन् । अद्यपि ट्रम्पको समर्थकको लागि यो भवन आधुनिक डिजाइनको उत्कृष्ट नमुना देख्न सकिन्छ । यो सुनौलो रंगमा रहेको छ ।

६. पनामा सिटीको ट्रम्प ओशन क्लव

डोनाल्ड ट्रम्पले पनामा सिटीमा पनि एक क्लव बनाएका छन् जसको नाम ट्रम्प ओशन क्लव हो । यस आलिशान क्लवमा एक होटल, ७ सय अपार्टमेन्ट र एकवटा ट्रम्पका प्राइभेट क्लव पनि छ । यो क्लव ल्याटिन अमेरिकाको सबै भन्दा अग्लो महल हो । तर यो महलको नजिकै एक गरीब बस्ती भएको कारण कतिपय मानिसहरु यो अपार्टमेन्टमा बस्न रुचाउँदैनन् ।

७. एबरडीन, स्कटल्याण्ड

स्कटल्याण्डको एबरडीनमा डोनाल्ड ट्रम्पको ट्रम्प इन्टरनेशनल गल्फ स्टेट नामको गल्फ कोर्स छ । यसमा दुनियाँका चर्चित व्यक्तिहरु गल्फ खेल्न आउँछन् । यो गल्फ कोर्सको कारण पनि ट्रम्प चर्चामा छन् ।

८. इस्तानबुलको ट्रम्प टावर

युरोपमा सबै भन्दा पहिला इस्तानबुलमा ट्रम्पले आफ्नो टावर बनाएका िथए । ट्रम्पले यो टावर आफ्नो विशाल रक्सी भण्डारण गर्नको लागि बनाएका थिए । यस टावरको ब्राण्ड नेमलाई एक तुर्की अरबपतिले खरिद गरेका छन् । ट्रम्पको इश्लाम र मुश्लिम विरोधी विचारको कारण यो भवनबाट ट्रम्पको नाम हटाउने विषयमा सधैँ विवाद भईरहने गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *