सत्तारुढ दल र मधेशवादी दलको बैठक बालुवाटारमा जारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । सत्तारुढ दल र मधेशवादीको बैठक अहिले बसिरहेको छ । बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको सो बैठकमा सत्तारुढ दलहरुले मधेशवादी दलहरुलाई आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।

साथै मधेशवादी दलहरुले संविधान संशोधन मार्फत आफूहरुको माग सम्बोधन गर्न सत्तारुढ दलहरुलाई दबाब दिइरहेका छन् । यद्यपी बैठकमा संविधान संशोधन प्रक्रिया र निर्वाचन प्रक्रिया पनि सँग सँगै अघि बढाउने गरि सहमतिको मध्यमार्गी बाटोका विषयमा पनि छलफल हुने बताइएको छ ।

यसअघि आजै बिहान बसेको सत्तारुढ दल र मधेशवादी दलहरुको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो ।

मोर्चाका नेताहरूले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मुख्य चासो भएको भन्दै सरकारद्वारा प्रस्तुत प्रस्तावमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरूसँगको परामर्शपछि पुनः बैठक बसेर सहमतिको प्रयास गर्ने बैठक जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्रीले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयकमा सहमति गरेर वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाका नेताहरूलाई आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *