नेपाली कांग्रेसको घोषण पत्र तयार, हेर्नुहोस् यस्तो छ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र तयार गरेको छ ।

यसअघि २०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा पहिलो पार्टी बनेको कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयार गरहेको हो ।

नेपाली कांग्रेसको घोषण पत्र तयार, हेर्नुहोस् यस्तो छ

– एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान, एक वार्ड एक बुलेटिन कार्यक्रमका साथमा ‘जल, जमिन, जंगल, जडिबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार’ भन्ने मान्यतामा समुदायको सहभागिता सुनिश्चित गर्ने

– ‘एक परिवार एक रोजगार’, ‘युवाको लक्ष्य सीप र दक्ष’ जस्ता नीति र कार्यक्रमलाई स्थानीय सरकारका माध्यमबाट सञ्चालन गर्ने

– आर्थिक क्षेत्रमा व्यापक नीतिगत सुधारको प्रारम्भ गरेको जनाउँदै कांग्रेसले यी सबै उपलब्धीलाई स्थानीय तहमा स्थापित र संस्थागत गराउन भूमिका खेल्ने

– भौतिक पूर्वाधार विकासमा ठूलो भूमिका निर्वाह गरेको दाबी गर्दै कांग्रेसले सामाजिक सुरक्षा कार्यक्रम व्यापक बनाउने

– नेपाललाई आगामी १२ वर्षभित्र मध्यम आय भएको गतिशील राष्ट्र बनाउने । यसका लागि कम्तीमा एक दशकसम्म ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै प्रतिवर्ष पाँच लाख रोजगार सिर्जना गर्ने

– युवा उद्यम चुनौती कोष स्थापना गरी १६ देखि ४५ वर्षसम्मका युवाहरुलाई २५ प्रतिशत आफ्नै लगानी, २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋण सहायताको व्यवस्था गर्ने

– पर्यटन क्षेत्रको विकाससँगै कृषि क्षेत्रको आधुनीकीरण र उत्पादन वृद्धिका लागि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्ने

– सामाजिक सुरक्षाअन्तर्गत जेष्ठ नागरिकलाई आगामी वर्ष मासिक सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने र प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने

– सबै दलप्रति आलोचनात्मक टिप्पणीका अतिरिक्त प्रत्येक गाउँमा एकीकृत जेष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने र उनीहरूको सेवासुविधा वृद्धि गर्ने

– हिमाल, पहाड र तराई मधेस क्षेत्रकै आधारमा विकास पूर्वाधारको विषयमा केन्द्रित

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *