विवादमा तानिएकी शोभा जोशीद्वारा उम्मेदवारी घोषणा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । विवादमा तानिएकी ‘द रेयूकाई नेपाल’ की पूर्व अध्यक्ष शोभा जोशीले लाइन्स क्लब ईन्टरनेशनल नेपाल एटुको पाँचौ राष्ट्रिय जिल्ला महाधिवेशनमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

रेयूकाई नेपालमा रहँदा आर्थिक हिनामिना गरेको आरोप लागेको जोशीले यही वैशाख ९ गते हुन लागेको लाईन्स एटुको महाधिवेशनमा द्वितिय उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।जोशीको उम्मेदवारीमा पूर्व गभर्नर पंकज प्रधानलगायतको समर्थन रहेको बताइएको छ ।

भ्रष्टाचारको मुद्दा परेपछि विवादमा तानिएसँगै कार्यकाल नसकिँदै रेयूकाईको मुख्यालयले उनलाई अध्यक्ष पदबाट हटाएर साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *