यो सुन्दर बस्ती, जहाँ सडक हैन नहरबाट जानुपर्छ

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, नेदरल्याण्डको एउटा गाउँ गिएर्थुनमा प्रसिद्ध पर्यटकीय स्थल छ । यसलाई दक्षिणको भेनिस समेत भन्ने गरिन्छ । यो यसकारण प्रसिद्ध छ की त्यो गाउँमा कुनै सडक बाटो नै छैन ।

यो सुन्दर गाउँ जानुपरेमा नहरबाट जानुपर्छ । यो गाउँमा न त गाडी छ न त कुनै मोटरसाईकल नै । यहाँको जुन घरमा जान पनि डुंगाको प्रयोग गर्नुपर्छ । केही ठाउँमा वारपार गर्नको लािग पुल समेत बनाईएको छ ।

यो गाउँको स्थापना १२३० मा भएको थियो । ११७० को दशकमा एक भयंकर बाढी आएको थियो । त्यसले यहाँ साना साना नहर बनाउन सुरु गरेको थियो । जुन एकदमै सुन्दर थियो । यसै ठाउँमा घर बनाईयो र ति नहरलाई बाटोको रुपमा प्रयोग गरियो । यो गाउँमा कुल ७.५ कि.मि नहर बग्छ । यहाँ १९५८ मा एक कमेडी फिल्म फनफेयर सुटिङ्ग गरिएपछि गाउँ नै एकाएक चर्चित बनेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *