कलाकार दीपक क्षेत्रीलाई क्यान्सर भएको पुष्टि

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ वैशाख । लामो समयसम्म घाँटी सम्बन्धि रोगबाट पीडित रहेका कलाकार दीपक क्षेत्रीलाई क्यान्सर भएको पुष्टि भएको छ ।

उनी उपचाररत हिमाल अस्पताल नक्सालका वरिष्ठ चिकित्सक डा. विनोद सिन्हाको टोलीले गत हप्ता घाँटीको शल्यक्रियापछि गरिएको परीक्षणबाट कलाकार क्षेत्रीलाई ‘भोकल कर्ड’ क्यान्सर भएको देखिएको हो ।

’भोकल कर्ड’ क्यान्सर भएकै कारण क्षेत्रीको स्वर गुम्दै गएको पुष्टि भएको हो । यो क्यान्सरलाई चिकित्सक सिन्हाले पहिलो स्टेजको क्यान्सर भनेका छन् ।

रिपोर्ट पश्चात चिकित्सक सिन्हाको टोलीले क्षेत्रीको उपचारको लागि ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पतालमा सिफारिस गरेको छ ।

उपचारमा संलग्न चिकित्सकहरुले क्षेत्रीको उपचारको लागि कम्तिमा डेढ महिना लाग्ने बताएका छन् । उनलाई रेडियोथेरापी पद्धतिबाट उपचार गरिनेछ । हप्तामा ५ दिन रेडियोथेरापी गर्नुपर्ने र त्यसमा हप्तामा ६ हजार ६ सय ’’र्‍याट’ रेडियो थेरापीको डोज दिनुपर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *