कसरी जोगिने पाठेघर मुखको क्यान्सरबाट ? (चिकित्सकसँगको भिडियो अन्तर्वार्ता)

  •  
  •  
  •  
  •  
  •  

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ गिसुपनिख प्रसिको

काठमाडौं । विभिन्न कारणले नेपाल यति नै क्यान्सर रोगी छन् भन्न सकिन्नँ । २००३ सालदेखि अस्पालको सम्पर्कका आएकाहरुको आधारमा मुलुकभर ३०–४० हजार क्यान्सर रोगका विरामी रहेका छन् । त्यसमध्य महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सर एक नम्बरमा रहेको छ ।

जनचेताको कमी र स्वास्थ्य सेवा पहुँचको अभावले पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा परेको हो । यो नेपालमा मात्रै होइन विकाशोन्मुख देशमा ठूलो समस्याका रुपमा देखिएको छ । पाठेघर मुखको क्यान्सर निको पनि हुन्छ । नेपाल तथा विकाशोन्मुखमा देशमा आर्थिक अवस्था कमजोर रहेका महिलाहरुलाई यो समस्या बढी देखिएको छ । यद्यपी विवाव नगरेका वा यौनसम्पर्क नगरेका महिलामा भने पाठेघर मुखको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।

के हो पाठेघर मुखको क्यान्सर ?

पाठेघरलाई दुई भागमा विभाजन गरिन्छ । एउटा पाठेघरको तलको मुख र अर्काे बच्चा बस्ने घरलाई पाठेघर भनिन्छ । जसमध्ये बच्चा निस्कने तलको मुखमा हुने क्यान्सरलाई पाठेघर मुखको क्यान्सर भनिन्छ ।
पाठेघर मुखको क्यान्सर हुनुको कारण

– बालविवाह, कम उमेरमा यौनसम्पर्क भएमा वा धेरै जनासँग यौन सम्बन्ध राखेमा
– योनी तथा पाठेघरमा हुने विभिन्न संक्रमण
– सरसफाइमा ध्यान नदिनु
– धेरै बच्चा जन्माउनु

– वंशानुगत (यो कारण भने निकै कम मात्रामा देखिएको छ)

पाठेघर मुखको क्यान्सरको लक्षणहरु

– नियमित महिनावारी भइरहेपनि बीच–बीचमा रगत देखिने अर्थात महिनावारीको अलवा थप रक्तस्राव भएमा ।

– महिनावारीको समयमा वा अघिपछी रगत नदेखिएर फोहोर तथा गनाउने पानी बगेमा । (संक्रमणका कारण पनि यस्तो हुने हुँदा यो लक्षणलाई क्यान्सर भयो भन्ने होइन । )
– तल्लो पेट दुखिरहने, तल्लो पेट फुल्ने
– पिसाव पोल्ने तथा पिसावमा रगत देखिने
– दिसा गर्न गाह्रो हुने र पछि– पछि दिसामा रगत पनि देखिने
– कसै–कसैलाई अन्य अङ्गमा समेत समस्या देखाउँछ (यो कम मात्रामा)

क्यान्सर भएको कसरी पत्ता लगाउने ?

– कुनै पनि उमेर समूहका महिलाले यौन सम्पर्क गर्न लागेको ३ वर्षपछि स्वास्थ्य परीक्षण गराउने
– एक्स रे, सिटीस्क्यान, विभिन्न परीक्षण र वायोस्कपी परीक्षण गरेर क्यान्सर रोग लागेको पत्ता लगाइन्छ

कसरी जागिने

– यौन सम्पर्कमा सक्रिय हुुनुअघि चिकित्सकको सल्लाह बमोजिम भ्याक्सिन लगाउने (नौ वर्षको उमेरदेखि भ्याक्सिन लगाउने गरिन्छ । )
– सरसफाइमा ध्यान दिने
– कम उमेर तथा बालविवाह नगर्ने र नगराउने
– छिट्छिटो तथा धेरै बच्चा नजन्माउने
– सुरक्षित यौन सम्पर्क गर्ने

यसको उपचार

पाठेघर मुखको क्यान्सरको उपचार राम्रो छ । यस रोगबाट बच्न यौनसम्पर्क गर्नुअघि एउटा भ्याक्सिन दिने गरिन्छ । यो नेपालमा पनि उपलब्ध छ । ९ वर्षको उमेरदेखि यो भ्याक्सिन लगाउन सकिन्छ । अतः यौनसम्पर्कमा सक्रिय हुनुअघि यो भ्याक्सिन लगाउने हो ।

निको हुने क्यान्सर मध्ये पाठेघरको क्यान्सर पर्छ । तर, कति र कहाँसम्म फैलिएको हो त्यो भने एकीन गर्नुपर्छ । पाठेघरको मुखबाट अन्यत्र फैलिएको छ भने निको पार्न गाह्रो हुन्छ । जहाँ छोएको हो, त्यहीँ मात्रै रहेको अवस्थामा उपचार गरिए पाठेघर मुखको मात्रै होइन अन्य क्यान्सरको पनि निको हुन्छ ।

स्टेजअनुसार क्यान्सर निको हुने र नहुने छुट्ट्याइन्छ । यसको पहिलो स्टेजलाई ‘ए’ र ‘बी’, दोस्रो स्टेजलाई ‘ए’ र ‘बी’, तेस्रो स्टेजलाई ‘ए’ र ‘बी’ र चौथो स्टेजलाई पनि ‘ए’ र ‘बी’ चरणमा छुट्टयाइएको छ । पहिलो स्टेजको ‘ए’, बी’ र दोस्रो स्टेजको ‘ए’ सम्म शल्यक्रिया वा रेडियो थेरापी गरेर निको पारिन्छ ।

साथै दोस्रो स्टेजको ‘बी’देखि चौथो स्टेजको ‘ए’सम्मका बिरामीलाई भने रेडियो थेरापी र केमो थेरापी दिएर निको पार्न सकिन्छ । यस स्टेजमा रेडियो थेरापी बाहिरबाट दिने की भित्रबाट त्यो पनि हेरिन्छ । चौथो स्टेजको ‘बी’मा पुगिसकेको अवस्थामा भने निको हुने सम्भावना कमै हुन्छ । यस स्टेजको पनि विश्वभरको अवस्थालाई हेर्दा २० प्रतिशत निको भएको पाइन्छ ।

( वरिष्ठ क्यान्सर रोग विशेषज्ञ गिसुपनिख प्रसिकोसँग मिडिया एनपीका वरिष्ठ स्वास्थ्य संवाददाता डा. दिलजान मंसूर (कर्ट)ले गरेको कुराकानीमा आधारित ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *