गगन थापाको अर्को राम्रो निर्णय, महंगी नियन्त्रण गर्न सरकारले आफैं औषधी खरिद बिक्री गर्नेे

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० बैशाख । औषधीमा व्यापारीहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ ।
विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधी बेच्दा ५० प्रतिशत सम्म सस्तो पर्न सक्ने देखिएको छ ।  सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधीहरुमा स्वदेशी उद्योगकै औषधी प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्यन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए ।

उनले स्वदेशी औषधीहरुलाई प्राथमिकता दिदाँ औषधीको मुल्य सस्तो हुनु पर्ने, पर्याप्त गुणस्तरको हुनु पर्ने र नेपाली उद्योगहरुको सिन्डीकेट तथा एकाधिकार हुन नदिने तर्फ पनि मन्त्रालय सचेत रहेको बताए ।

अहिले सम्म स्वदेशी कतिपय औषधीहरु विदेशी भन्दा महंगो हुने गरेकोमा सवैतिर स्वदेशी नै प्रयोग गर्न थालेपछि खपत बढेर स्वदेशीपनि सस्तो हुने मन्त्रालयको विश्वास छ । सुझाव समितिले नेपाली बजारमा बिक्री हुँदै आएका औषधिहरु २२ सय प्रतिशतसम्म बढी मुल्य राखेर विक्रि गर्ने गरेको पत्ता लगाएको छ ।

क्यान्सर, मिगौला लगायत कडा रोगका औषधिहरु उच्च मूल्यमा बेच्ने गरेको समितिले जनाएको छ । समितिले औषधिको मनलाग्दी मूल्य लिएको फेला पारेपछि स्वास्थ्य मन्त्री थापाको प्रस्ताव अनुसार औषधिको मूल्य निर्धारण गनै र सुपथ मुल्यमा सरकारले खरिद बिक्रिबितरण गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिध रहने उच्च स्तरीय समिति गठन गरेको छ ।

मन्त्रीपरिषद्ले सोमबार गठन गरेको समितिले औषधिको मुल्य घटाउन र औषधिको विक्रिवितरणमा रहेका विकृति हटाउन सहयोग पुग्ने मन्त्री थापाले विश्वास व्यक्त गरे ।

समितिले कसरी उपभोक्तालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव सरकारलाई पेश गर्ने उनले बताए । साथै, नागरिकलाई आवश्यक पर्ने महँगा औषधिलाई सरकारले सस्तोदरमा अन्तर्राष्ट्रिय बजारबाट सोझै खरिद गरी अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्न सक्ने व्यवस्थाका विषयमा पनि सुझाव दिने समितिको कार्यक्षेत्र तोकिएको छ ।

नेपाल सरकारको कुनै निकाय मार्फत अन्तर्राष्ट्रिय उत्पादकसँग सुपथ मूल्यमा सोझै औषधी खरिद गर्ने मन्त्रालयको योजना छ । मन्त्री थापाले मन्त्रिपरिषदमा लगेको प्रस्तावमा भनिएको छ, ‘आमनागरिकलाई अत्यावश्यक महँगा औषधिहरु सबै सरकारी अस्पतालमा सञ्चालित अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्न सक्ने व्यवस्थाका लागि उच्चस्तरीय अध्ययन तथा सुझाव समिति बनाउन अनुरोध गर्दछु ।’

नेपालमा आधुनिक औषधिको उत्पादन निजिस्तरमा केमि ड्रग प्रालिको २०२६ सालमा स्थापना सँगसँगै शुरु भएको हो भने २०२९ सालमा नेपाल औषधि लिमिटेडको स्थापना भई औषधि उत्पादन कार्यमा सुरु गरिएको थियो ।

नेपालमा अहिले ४९ वटा आधुनिक मानवका औषधि उद्योग, ८ वटा पशुपंक्षी औषधि उद्योग र ७३ वटा आयुर्वेदिक औषधि उद्योग संचालनमा छन् । आयाततर्फ २९४ आधुनिक मानवका औषधि उद्योग, १३ बटा पशुपंक्षी औषधि उद्योग र ३४ वटा आयुर्वेेदिक औषधि उद्योग दर्ता रहेका छन् । गत २०७२÷७३ को औषधि उत्पादन र आयातको तथ्याङ्क हेर्दा नेपाली उत्पादनको बजार हिस्सा ४६ प्रतिशत, भारतीय उत्पादनको ५२ प्रतिशत र अन्य मुलुकको २ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाली औषधि उद्योगहरुमा विभिन्न बनाबटका औषधिहरु उत्पादनको लागि जडित मेसिनरी तथा औजारहरु अन्तराष्ट्रिय स्तरमा स्विकरिएका प्रविधिमा आधारित छन् । हाल नेपाली औषधि उद्योगहरुको चक्की बनावटको लागि जडित क्षमताको (८ घण्टा प्रति दिन) जम्मा ५५ देखि ५८ प्रतिशत मात्र प्रयोगमा रहेको आँकलन गरिएको छ । त्यस्तै क्याप्सुल, झोल र मलम बनावटमा क्रमशः ४० प्रतिशत, ३५ प्रतिशत र ५० प्रतिशत जडित क्षमता प्रयोगमा रहेको छ ।

एक भन्दा बढी सिफ्ट उत्पादन कार्य गर्ने हो भन्ने उल्लेखित बनावटका औषधिहरु स्वदेशमै उत्पादन गर्न पर्याप्त रहेको देखिन्छ । साथै अन्य ४ देखि ५ वटा औषधि उद्योगहरु २ बर्षको बीचमा थपिने क्रममा समेत छन् । आर्थिक बर्ष २०७२÷७३ को औषधि उत्पादन र आयातको तथ्याङ्क हेर्दा नेपाली उत्पादनको बजार ४६ प्रतिशत रहेको देखिन्छ । मुलतः चक्की, क्याप्सुल, झोल, मलम र पउडर बनावटका औषधिहरु उत्पादन भएको पाईन्छ र केही उद्योग सुईजन्य बनावटको उत्पादनमा समेत लागेका छन् । एउटा उद्योगले पशुपंछिको लागि भ्याक्सिन उत्पादन गरी बजारजाने अन्तिम चरणमा रहेको छ ।

औषधि उद्योग क्षेत्रको तुलनात्मक लाभ र प्रतिस्पर्धा

नेपाली औषधि उद्योगबाट उत्पादित औषधिहरु आमरुपमा चिकित्सक तथा उपभोक्ता वर्गको रोजाईमा पर्दै गएको पाईन्छ । विशेषत चक्कि, क्याप्सुल, झोल र मलम बनावटका औषधिको बजार उपस्थिति प्रतिस्पर्धी रहेको पाईन्छ । मुख्यरुपमा भारतीय उत्पादकका औषधिहरु नै नेपाली औषधिका प्रतिस्पर्धी रहने गरेको पाईन्छ ।

नेपालको औद्योगीकरणको अनुभव र औषधि क्षेत्रले निर्माण गरेको पहिचानले प्रतिस्पर्धामा क्रमशः सक्षम हुँदै गएको भएता पनि अन्तरनिहित कारकले गर्दा तुलनात्मक लाभको क्षेत्रको पहिचान भने हुन सकेको छैन । उत्पादन क्षमता, बजार आयतन, राष्ट्रिय अर्थतन्त्र, वैयक्तिक आय, स्वास्थ्यमा राज्यको लगानी, व्यापार सन्तुलन, कच्चा पदार्थको उपलब्धता, प्रविधि, मुद्राको स्थायित्व आदि कारकहरुले तुलनात्मकता निर्धारण हुने हँुदा औषधि क्षेत्र लाभको क्षेत्र भएर पनि अन्य मुलुकमा उत्पादन हुने औषधिसँग प्रतिस्पर्धाको स्थितिमा रहेको छ ।

नेपाली औषधि उद्योगहरुले गुणस्तर संरचना निर्माण गर्दै औषधि उत्पादन र गुणस्तर नियन्त्रणमा अन्तर्राष्ट्रिय व्यवहारलाई आत्मसात र अभ्यास गर्दै अघि बढिरहेको अवस्था छ ।

नेपाली उद्योगहरु तुलनात्मक रुपमा साना तथा मझौला आकारका हुनेहुँदा यीनीहरुमा जोखिम वहन गर्नेसक्ने क्षमता पनि कम नै छ । त्यसैले यी उद्योथहरुको बजार सुनिश्चित भएको अवस्थामा मात्र उत्पादनमा लगानी बढाउन सक्छन् । यस्ता उद्योगहरुलाई औषधि उत्पादनमा नवीन काम गर्न चाहिने साधन, प्रविधिमा लगानी गर्नसक्ने अवस्थामा पुग्न थप प्रोत्साहनको आवश्यकता छ ।

प्रवद्र्घनका नीति एवं अपेक्षित हस्तक्षेप

तुलनात्मक रुपमा सुरक्षित र नेपालमा उपलब्ध औषधि उत्पादन र गुणस्तर नियन्त्रणको प्रविधिले सम्भव भएका औषधिहरु नेपालमा नै उत्पादन हुने अवस्थालाई दिगो गराउने नीतिको आवश्यकता देखिन्छ ।

औषधिको प्याकिङ सामग्री आयातमा समेत ठूलो रकम बाहिरिने देखिएकोले त्यस्ता पदार्थको नेपालमा नै उत्पादन हुनको लागि सहजीकरण तथा यथोचित छुटको व्यवस्था हुन जरुरी छ । प्रविधि विकास तथा हस्तान्तरणलाई बढावा दिन बहुराष्ट्रिय र विदेशी कम्पनीले स्वदेशी औषधि उत्पादनसंग संयुक्त लागानीमा औषधि उत्पादन गरि निर्यात हुने अवस्था सृजना हुने नीतिको आवश्यकता देखिन्छ ।

यसकारण आवश्यक थियो नीतिगत हस्तक्षेप

१. स्वदेशी उत्पादनको प्रवद्र्घनका लागि सहुलियतपूर्ण व्यवस्था लागू गर्ने ।
२. स्वदेशी उत्पादनको उपयोग गर्ने नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
३. उत्पादन लागतमा कमी ल्याउन विशेष औद्योगिक क्षेत्रहरुमा उद्योग खोल्न प्रोत्साहित गर्ने ।
४. न्यून ब्याज दरमा सरल कर्जा प्रवाहको व्यवस्था गर्ने ।
५. सुचना प्रणालीको विकास गरी उद्योगको पहँुचमा ल्याउने ।
६. औषधि व्यवस्था विभागलाई नियमन कार्यमा सबल सुदृढीकरण गर्नेे ।

७. औषधिको अनुसन्धान, विकास, उत्पादन, बिक्रिवितरणमा कुशल अभ्यासको अनुसरण गर्ने ।
८. औषधिको अनुसन्धान र विकासमा सहुलियत उपलब्ध गराई नयाँ प्रविधिको विकास, उपयोगमा प्रोत्साहन गर्ने ।
९.बहुराष्ट्रिय र विदेशी कम्पनीले स्वदेशी औषधि उत्पादनसंग संयुक्त लागानीमा औषधि उत्पादन गरी आन्तरिक खपत र निर्यातमा प्रोत्सान गर्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *