कपनमा स्वास्थ्यमन्त्री गगन थापामाथि दुर्व्यवहार, एमाले कार्यकर्ताले लखेटे

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख । स्वास्थ्य मन्त्री गगन थापालाई दुर्व्यवहार गरेका छन् । निजी गाडी चढेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले शनिबार विहान कपनमा दुर्व्यवहार गरेका हुन् । उनीहरुले थापालाई लखेटेका छन् ।

निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै उनले एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् । एमाले कार्यकर्ताको बिरोध र नाराबाजी छलेर कपन जोरधारातिर जाने क्रममा मन्त्री थापाको निजी नम्बर प्लेटको गाडीमा ढुंगासमेत प्रहार भएको बताइएको छ ।

मन्त्री थापा बिहानै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा पुगेका थिए । एकजना समर्थकको घरभित्र रहेका मन्त्री थापा बाहिर निस्केर घरतिर जाने क्रममा एमाले कार्यकर्ताले घेराउ गरेका हुन् ।

त्यहीक्रममा उनलाई एमाले कार्यकर्ताले घेराउ गरेका हुन् । उनीहरुले थापाविरुद्ध नाराबाजी र गालीगलौजका साथै गाडीमा ढुंगा प्रहार गरेका थिए ।मन्त्री थापाले भने आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए । उनले आफू यसरी घरमा जान पाइने प्रतिक्रिया गाडीभित्रैबाट दिए ।

थापाले निर्वाचन आरसहिंताविरुद्ध कपनमा मतदाता किन्न पैसा बाँडेको भन्ने खबर सुनेर आश्चर्यजनक भएको बताएका छन्। उनले भनेका छन्, ‘आफूलाई कमजोर पाएपछि नचाहिँदो प्रपोगाण्डा र अफवाह फैलाउने दुष्प्रयास भइरहेको छ। सबैलाई सचेत रहन आग्रह गर्दछु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *