यी दुई प्रेमी प्रेमिकाको अनौठो सम्बन्ध

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, चाइनीज सोशल मिडिया विबोमा एक तस्वीर भाइरल भएको छ । विबो चलाउने यी युवती लिउ एलिनका ७५ हजार बढि फलोअर्स छन् । उनको फिगर र लुक्स देखेरै उनका फ्यान निकै प्रभावित भएका छन् । उनका फ्यानले लिउको फोटो सहित एक लेख पनि प्रकाशित गरेका छन् । फोटोमा उनकी एक युवकको पासमा छिन् । उनलाई बोक्ने ति युवक को हुन् सबैको चासो छ ।

झट्ट हेर्दा उनीहरु प्रेमी प्रेमिका जस्तै लाग्ने भएपनि उनीहरु प्रेमी प्रेमिका होइनन् । उनीहरु दाजु बहिनी पनि होइनन् । खासमा ति महिला र युवक आमा छोरा हुन् । तर ति महिलाको फिगर हेर्ने हो भने अन्दाज लगाउनै कठिन पर्छ । लिउ चीनको हेनान प्रान्तमा जन्मेकी लिउ ४९ वर्षकी हुन् भन्दा जो कोहीले पनि पत्याउन सक्दैनन् । तर उनी १९६८ मा जन्मेकी हुन् । उनले कसरी यति फिट राख्न सकिन् सबैको चासो रहेको छ । कतिपयले त विबोमा यति जवान कसरी राख्ने भनेर टिप्स समेत माग्ने गरेका छन् ।

पेशाले लाईव्रेरियन लिउ हालैमात्र रिटायर्ड भएकी छिन् । उनी आफ्नो जवानी जस्ताको तस्तै राख्नुको देन नियमित व्यायामलाई दिन्छिन् । उनी भन्छिन्, जब म छोरा सित बाहिर निस्कन्छु, सबैले हामीलाई प्रेमी प्रमिका ठान्छन् । हुन पनि लिउ १५ वर्षिया युवती जस्तै देखिन्छिन् । उनले आफ्नो सुन्दरताको लागि कुनै पनि कस्मेटिक्सको सहारा लिएकी छैनन् । यसका साथै कमै मात्र मेकअप गर्ने गर्छिन् । उनी पछिल्लो ३० वर्ष यता नियमित शारीरिक व्यायाम गर्दै आएकी छिन् । उनी ८० वर्षसम्म पनि आफूलाई यस्तै फिट राख्न चाहन्छिन् ।
उनको फोटो हेरेर कतिपय फिल्मले उनलाई अनुबन्ध गराउन पनि चाहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *