कति डरलाग्दो बालक, न त स्कुल जान पाउँछन्, न आरामले खान नै

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, भारतका एक बालक यस्तो रोगले सताइएका छन्, जसको रोग देख्ने जोकोही तर्सिने गर्छ । भारतको नवादाका ती बालक आफ्नो रोगकै कारण विद्यालय जान सकेका छैनन् । हेर्दा उनी एकदमे डरलाग्दो देखिन्छन् । गाउँलेले उनको नाम भुतवाला केटा राखिदिएका छन् । उनको खास नाम मिथुन चौहान हो ।

खासमा उनको अनुहारभरी मासुको डल्ला आएको छ । अनुहार मात्र होइन शरीरका विभिन्न भागमा पनि मासुको डल्लै डल्ला आएको छ, जसको कारण उनी न राम्ररी खान सक्छन् न त, चैनले निदाउन सक्छन् । खासमा मिथुन न्यूरोफाइब्रोमा नामको एक रोगबाट पिडित छन् । जुन रोगको कारण शरीरभरी ट्युमर पलाउने गर्छ । त्यो ट्युमर नसासंग जोडिएको हुन्छ, जसको कारण उपचार गर्न पनि समस्या हुन्छ ।

मिथुनका पिताका अनुसार उनी ५ वर्षको हुँदा यो रोगले सताउन थालेको हो । स्थानीय डाक्टरले केही औषधी दिएपनि कुनै काम गरेन, उल्टो शरीरभरी गाँठो पलाउन थाल्यो । त्यसपछि पुरै शरीरभरी गाँठो पलाएको छ । सुरुमा त मिथुनका पिताले कुनै अभिशाप ठानेर विभिन्न धार्मिक कर्मकाण्ड गरे । त्यसबाट कुनै फाइदा नमिलेपछि उनले डाक्टरकोमा लगे । डाक्टरका अनुसार मिथुनलाई एक जेनेटिक डिसअर्डरको प्रभाव परेको हो । यो रोगले शरीरमा नसाको साथमा गाँठो आउने गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *