निर्वाचनको सम्पूर्ण तयारी पूरा, डरधम्कीको भरमा मतदान नगर्न आयोगको अपिल (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख । निर्वाचन प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

पहिलो चरणमा हुन स्थानीय तह निर्वाचनको तयारीकाबारे कान्तिपथस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलनमा उनले तीन वटा प्रदेशमा हुन लागेको २ सय ८३ स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।

६ हजार ६ सय ४२ वटा मतदान केन्द्र रहेका र त्यहाँको सबै तयारी पूरा भएको उनको भनाइ छ । मतदान गर्न जाँदा मतदाता परिचय पत्र वा सरकारबाट जारी भएको फोटोसहितको परिचय पत्र लिएर जान मतदातालाई आग्रह गरेका उनले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेकाले मात्रै मतदान गर्न पाउने बताए ।

तोकिएको मतदानबाट मात्रै मतदान गर्ने व्यवस्था गरिएकाले सोहीअनुसार गर्न उनले आग्रह गरे । एक सय बढी मतदान केन्द्र अपाङ्गमैत्री रहेका उनको भनाइ छ । मतदाताले विवेकपूर्ण मतदाता गर्ने अपेक्षा लिएका यादवले सुरक्षा व्यवस्था बलियो र मजबुद बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरे । उनले कुनै पनि प्रलोभन र डरधम्कीको भरमा मतदान नगर्न आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *