भोलि हुने मतदानको यस्तो छ सुरक्षा व्यवस्था, गृहमन्त्रीले भने– हेलिकप्टरबाट गस्ती गरिने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले तीनवटा प्रदेशमा आइतबार हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थाको सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री निधिले आइतबार ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।

चारवटै सुरक्षा अंगका प्रमुखहरु सहभागी पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले सेना, सशस्त्र प्रहरी, प्रहरी र अनुसन्धानबाट खटिएका प्रतिनिधि तथा म्यादी प्रहरीले सुरक्षा व्यवस्था गर्ने जानकारी दिए ।

प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहका हुन मतदानका लागि आवश्यक सुरक्षाकर्मीहरु परिचालित भइसकेका भन्दै उनले पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेना रहने बताए । सूचना संकलन लगायतका कार्यमा भने अनुसन्धानका प्रतिनिधि खटिने उनको भनाइ छ ।

मतदानपछि हुने मतगणना र त्यसपछि हुने विजय जुलुशलाई लक्षित गरी पनि बलियो र मजबुद सुरक्षा व्यवस्था गरहेको उनले बताए । मतदानस्थलमात्रै नभएर सबै स्थानमा र सबै मतदाताको सुरक्षाको व्यवस्था गरिएको भन्दै उनले सेना र सशस्त्र प्रहरीले पैदलबाट सुरक्षा प्रवन्धको व्यवस्था गरिएको जानकारी दिए ।

सामान्य, संवेदनशील र अतिसंवेदनशी मानिएका मतदानस्थलको वर्गिकरण गरिएको र सोही अनुसार सुरक्षाको व्यवस्था गरिएको गृहमन्त्री निधिले बताए । सुरक्षा व्यवस्था कमजोर मानिएको स्थानमा हेलिकप्टरबाट सुरक्षागस्ति गर्ने उनले बताए ।

निर्वाचन विथोल्न तथा अवरोध सृजना गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै उनले आइतबार ३४ जिल्लामा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह पनि गरे ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *