साउथ अफ्रिकामा सुर्तीको रसबाट उडाईयो विमान, ३ सय मानिसले गरे १३ सय किमी हवाई यात्रा

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, हवाईजहाजमा सुर्ती खान प्रतिवन्ध छ । तर त्यही सुर्तीले जहाज चलाउन सक्छ भन्दा तपाई आश्चर्यमा पर्नुहुनेछ । हालै मात्र सुर्तीको विरुवाबाट बन्ने बायोडीजेलको सहायताले एक व्यापारिक विमान चलाउने तयारी भइरहेको छ । यो तयारीमा साउथ अफ्रिकन एयरवेज लागेको छ । यो एयरवेजले अघिल्लो जुलाईमा सुर्तीको बायो डीजेलबाट आफ्नो पहिलो परिक्षण उडान भरेको थियो । सो उडानमा ३ सय यात्रुलाई राखेर जोहानेसबर्गबाट केपटाउनसम्मको १ हजार २ सय ८० किमी दुरी भरेको थियो ।

यो बायोडिजल पेट्रोलियम पदार्थको तुलनामा निकै सस्तो पर्नेछ । साथै पर्यावरणको लागि पनि अति नै उपयोगी छ । बायोडीजेल एल्गी, एग्रीकल्चर वेस्ट, क्यामेलिना तथा जेट्रोफाबाट बनाइन्छ । दक्षिण अफ्रिकामा भने सुर्तीलाई बायोडीजेल बनाउन प्राथमिकता दिइएको छ । किनकी यो त्यहाँको स्थानीय बाली हो जसको कारण बायोडीजेलको लागि सहजै आपुर्ति हुन्छ ।

त्यहाँ इन्धन बनाउन सोलरीस प्रजातिको विरुवा प्रयोग गरिएको छ । यो सुर्तीको बोट भएपनि यसमा निकै कम मात्र निकोटिन पाईन्छ । दक्षिण अफ्रीकन एयरलाईन्सले यसैवर्षबाट सुर्तीबाट बनेको बायो इन्धन प्रयोग गर्ने तयारीमा छ । विमान कम्पनीले आफ्नो सञ्चालनको एकतिहाई खर्च त इन्धनमा मात्र खर्च गर्नुपर्छ । त्यसैले पनि यो विमान कम्पनीले बायो डीजेलको प्रयोग गर्ने तयारी थालेको हो ।

बायोडिजेल अहिले महंगो छ तर निकै मात्रामा उत्पादन हुन थालेपछि यसको लागत कम हुनेछ र सस्तो पर्न जाने छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसियशनका अनुसार विमानहरुले बायो डीजेल प्रयोग गर्ने हो भने एभिएसन इन्डष्ट्रीको कार्बन फुटप्रिन्ट ८० प्रतिशत कम हुनेछ । कार्वन फुटप्रिन्ट जति कम हुन्छ त्यति नै कम हानी हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *