एक यस्तो मन्दिर जहाँ मुस्लिम महिलाको गर्छिन पूजा

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, आज धर्मको नाममा राजनीति हुने गर्छ, कतिपयले त यसैको आडमा आफ्नो रोजीरोटी समेत जुटाएका छन् । आफ्नो फाइदाको निम्ति विभिन्न राजनेताले धर्मको नाममा विभिन्न घटनाहरु घटाएका छन् ।

तर यसको बावजुद हिन्दु र मुस्लिम धर्मावलम्वीको कहीँ न कहीँ एकता भएको देख्न सकिन्छ । यस्तै भारतमा एक गाउँ छ जहाँ हिन्दु र मुस्लिम धर्मावलम्वी बीचको एकता देख्न सकिन्छ । यो गाउँ गुजरातको अहमदाबादबाट ४० किमी टाढा पर्छ । यो गाउँमा हिन्दु र मुस्लिम धर्मको एकताको रुपमा मुस्लिम महिलाको पूजा गरिन्छ ।

यहाँ यस्तो मान्यता छ की सैकडौँ साल पहिले डोला नामकी एक महिलाले उपद्रव गर्ने समूहबाट आफ्नो गाउँलाई बचाउन बडो साहस गरेकी थिइन् । उनले आफ्नो गाउँको रक्षा गर्न आफ्नो ज्यानै दिएकी थिइन् । भनिन्छ, उनी मरेपछि डोलाको शरीर एक फूलमा बदलिएको थियो । उनको बलिदानबाट बनेको फूललाई गाउँलेले मन्दिर बनाएर राखेका थिए ।

गाउँका मानिस आज पनि मान्छन् की डोला मरेर गएपनि उनले गाउँको रक्षा गरिरहेकी छिन् । उनले गाउँका मानिसको दुःख समस्या टाढा राखेकी छिन् । यो मन्दिरलाई डलर माताको मन्दिर पनि भन्ने गरिन्छ । कारण यो गाउँमा १५ सयको हाराहारीमा अमेरिकीहरु बस्ने गर्छन् । त्यो मन्दिरको विषेशता यो पनि छ की जब भारतकी सुनिता विलियम्स अन्तरिक्ष यात्रामा गएकी थिइन् उनले त्यो मन्दिरमा एक अखण्ड ज्योति बालेकी थिइन् र त्यो ज्योति लगातार ४ महिनासम्म बलिरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *