एमाले नेताले गरे आचारसंहिता उल्लघंन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ वैशाख । निर्वाचन आयोगले २८ गते राती १२ बजे देखि स्थानीय तह निर्वाचनका लागि मौन अवधि तोकेको छ । आज हुने स्थानीय निर्वाचनका लागि मौन अवधि तोकिए पनि नेकपा एमाले नेताहरुले भने त्यसलाई उल्लंघन गरेका छन् ।

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला लगायतका नेताहरुले आचारसंहिता उलंघन गरेका हुन् ।

भट्टराईले कसले कती बर्ष शासन गर्यो भन्दै अनौपचारिक ढंगले मत एमालेको पक्षमा भोट हाल्न आग्रह गरेका छन् । उनले फेसबुक र ट्वीटर मार्फत यस्तो आग्रह गरेका हुन् ।

यस्तै पोलिटव्यूरो सदस्य ज्वालाले फेसबुकमा लेखेका छन्, ‘सूर्यमा मतदान गरौ ! एमाले विजयी गरौं!!’

निर्वाचन आयोगले मौन अवधीमा कुनै दल वा कुनै उम्मेद्वारको पक्षमा कुनै पनि उम्मेदवारको पक्षमा भेला, आमसभाका साथै फेसबुक, ट्वीटर मार्फत मत माग्न निषेध गरेको छ । तर, एमाले नेताहरुले मौन अवधिको धज्जी उडाउँदै आफ्नो पक्षमा मत मागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *