यसरी सुरु भयो मतदान, ठूलो मतपत्रले मतदाता अन्योलमा (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३१ वैशाख । तीनवटा प्रदेशका ३४ जिल्लामा स्थानीय तह निर्वाचनको आइतबार बिहान ७ बजेबाट मतदान सुरु भएको छ । ३, ४ र ६ प्रदेशका २८३ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि भएको मतदानमा मतपत्र लामो हुँदा मतदाता अन्योलमा परेका छन् ।

काठमाडौंका केही मतदानस्थलमा मतदाताहरुले मतपत्र हेर्न नै लामो समय खर्चिएका देखिएका हुन् । उनीहरु आफ्ना उम्मेदवारको चुनाव चिन्ह खोज्न कठिनाइ व्यहोरेका हुन् । साथै मतदानस्थलमा मोबाइल लान निषेध गरिएको मतदाताले जानकारी नपाउँदा अप्ठ्यारोमा परेका छन् ।

यद्यपी अहिलेसम्म काठमाडौं उपत्यकासहितका मतदानस्थलमा शान्तपूर्ण वातावरणमा मतदान भइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *